MENU

सिड्नी ओलम्पिकको सम्झना (भाग एक)

Mana Rishi Dhital
An editor at Nepalese Australian

सिड्नी । बिस बर्ष अघिको सिड्नी ओलम्पिकको सम्झनामा मंगलबार ओलम्पिक पार्कमा रहेको भब्य ज्वाला केहि समयकालागि बालिएको छ । हाल मेलबर्नमा रहेकी अस्ट्रेलियाकी चर्चित धावक क्याथी फ्रीम्याँनको भिडियो संदेश सुनाउदै सुरु भएको संक्षिप्त कार्यक्रमका क्रममा सिड्नी ओलम्पिक २००० को सम्झना गरिएको हो ।

कार्यक्रममा सिड्नी ओलम्पिकमा सहभागी भएका केहि स्वोयम्सेवकहरु, खेलाडी तथा अहिलेका खेलमन्त्री सहभागी भए । अस्ट्रेलियाका आम संचारमाध्यमहरुले अहिले सिड्नी ओलम्पिकताकाका रमाइला कथाहरु प्रकाशित गरिरहेका छन् ।

सहश्राब्दीको सुवात सन् २००० मा भएको सिड्नी ओलम्पिक संसारकै लागि भव्यतम थियो । तत्कालीन साढे ६ बिलियन अस्ट्रेलियन डलर लगानी भएको सिड्नी ओलम्पिकमा १९९ देशका करिब ११ हजार खेलाडी सहभागी भएका थिए । यो खेलको उद्घाटन तथा समापन समारोह निकै भव्यतम थियो ।

सिड्नी ओलम्पिकको उद्घाटनमा हजारौ घोडचडीको नेतृत्वो गर्दै सर्बप्रथम मैदानमा उत्रने घोडा देखि  बिशाल ज्वाला बाल्ने आदिबासी  क्याथी फ्रीम्याँन, उद्घाटन सत्रकी  नायक बालिका “हेरो गर्ल” निक्की वेब्स्टर, उनलाई लाखौ दर्शक सामु बिशाल मैदानमा डोर्याउने भीमकाय शरीरमा आदिबाशी संगीत शिक्षक ज्याकापुरा मुन्यारौम अहिले कहाँ छन् र के गर्दै छन् यी निकै रोचक कहानी अहिले अस्ट्रेलियाली आमसंचारमध्यमले सगौरब प्रकाशन गरिरहेको छन् ।

कोभिड -१९ को महामारीका कारण भिक्टोरिया राज्यबाट भ्रमण प्रतिबन्ध भएकाले अस्ट्रेलियाको तर्फबाट सिड्नी ओलम्पिकमा स्वोर्ण पदक समेत बिजेता क्याथी फ्रीम्यान् मंगलबारको कार्यक्रममा आउन सकिनन् । तर उनको शुभकामना, ओलम्पिक समितिका अधिकारीहरु र न्यु साउथ वेल्सका खेल मन्त्रि जिओफ ली लगाएतको सम्बोधन पछि दुइ महिला धावकले बिशाल ज्वाला बालेका थिए ।

हाल उक्त ज्वाला प्रतिस्थापित गरिएको पार्कको नाम नै क्याथी फ्रीम्याँन पार्क राखिएको छ । सिड्नी ओलम्पिक पार्क अहिले बिस बर्ष अघिको जिउदो इतिहास बोकेर अस्तित्वोवान छ । बिशाल ओलम्पिक ग्राम । भव्यतम रंगशाला, निकुन्ज जस्तै संरक्षित जंगल, सुन्दरतम पारामाटा नदी किनारका दृश्यहरु, मुख्य सहर जोड्ने भूमिगत रेलसेवा, आधुनिक होटेलहरुको सुबिधा अहिले पनि जारी छ ।

भनिन्छ अस्ट्रेलियालाइ नयाँ सहश्राब्दी “मिलेनियम” संगै आधुनिकतासंग जोड्ने परिघटना र परियोजना सिड्नी ओलम्पिक थियो । अस्ट्रेलियामा पहिलो पटक १९५६ मा मेलबर्नले हिउँदे ओलम्पिक आयोजना गरेको थियो भने सन् २००० मा आयोजित बर्षे ओलम्पिकले अस्ट्रेलियालाइ नया उचाईमा पुर्याएको थियो ।

सिड्नी ओलम्पिकमा नेपाल र नेपाली

सिड्नी ओलम्पिकले अस्ट्रेलियाको नेपाली समाजलाइ पनि निकै जगाएको थियो । सिड्नी ओलम्पिकसंग नेपालको सहभागिता र नेपालीहरुको पसिनाको साइनो छ । बिशाल पार्क निर्माण देखि ओलम्पिक खेलमा नेपालको सहभागितासम्मका परिघटना बिस बर्ष पछी पनि निकै सम्झिन लायक छन् ।

सिड्नी ओलम्पिकमा सहभागी हुन आएका नेपालका तत्कालीन राजकुमार दिपेन्द्र शाह एक बर्ष पछी कहालीलाग्दो दरबार हत्याकाण्डमा मारिए । नेपाली दुताबास नहुदा पनि त्योबेला उनको सिड्नी भ्रमणको ब्यबस्थापन सिड्नी निबासी नेपालीले नागरिक स्तरमा गरेका थिए ।

राजकुमार दिपेन्द्रको भ्रमणको ब्यबस्थापनका लागि नेपालको राजदरबार र खेलकुद परिषदले सिड्नीमा कार्यरत नेपाली कानून ब्यबशायी डा शम्सेर सिंह थापासंग महत्वोपूर्ण जानकारी लिने गर्थ्यो र कतिपय स्थानीय ब्यबस्थापनको जिम्मेवारी पनि दिइएको  थियो ।

न्युसाउथवेल्स राज्यकालागि तत्कालीन नेपाली महाबाणिज्यदुत क्रिस्टियान घीको  पनि सिड्नी ओलम्पिकमा नेपाली सहभागीलाइ सहयोग र ब्यबस्थापन गर्न उत्तिकै योगदान थियो ।  ब्यबस्थापनको काममा व्यस्त भएकाले डा शम्सेर सिंह थापा उद्घाटन सत्र हेर्न जान पाएनन् । तर उनलाई सम्झना छ – यहाँका प्रमुख टेलिभिजनहरुले गरेको लाइभमा राजकुमार दिपेन्द्र र उद्घाटन परेडमा सामेल  नेपाली टोलिलाइ देखाउदा हामी निकै गौरवान्वित भयौ ।

राजकुमार दिपेन्द्रले त्योबेला नेपाली टोलिलाइ सुटिंगको अभ्यास गर्ने स्थान नहुदा आफै अस्ट्रेलियन प्रहरीसंग समंयोजन गरेर सुटिंग ब्यबस्थापन गरेको कुरा पनि निकै सम्झिन्छन । “यहाँको सरकारले युबराज दिपेन्द्र, नेपाल र नेपालीलाइ निकै सम्मान दिएको थियो ।  जुनसुकै बिचारका  नेपालीहरु भएपनि दिपेन्द्रसंग भेटगर्न आएका थिए र दिपेन्द्रले सबैलाई प्रभावित पारेका थिए ।”  डा थापा सम्झिन्छन ।

नेपलिज अस्ट्रेलियनसंगको कुराकानीमा कानून ब्यवसायी थापाले एउटा रमाइलो प्रसंग सुनाए “मलाइ नेपाली पोशाक लगाएर युबराज नजिक देखेका कसैकसैले  नेपालबाट आएको भ्रमण दलको सदस्य ठानेछन् । मलाई त सिड्नीमा केहि कामको संयोजकको जिम्मेवारी मात्रै थियो ।  त्यो बेला सबै नेपाली एकताबद्द भएर नेपाली टोलिको स्वागत र बिदाइ गरेका थियौ ।”

क्रमस……