MENU

न्याभको २४ औं वार्षिककोत्सव सम्पन्न

मेलबर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को एक विशेष समारोहकावीच २४ औं वार्षिककोत्सव सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गानबाट सुरू भई न्याभका कलाकारहरूले एउटा राष्ट्रिय नाच प्रस्तुत गरेका थिए । कार्यक्रम सँस्थाका कोषाध्यक्ष डा. यकिन्द्र तिमील्सेनाले संचालन गर्नुभएको थियो । स्वागत मन्तब्य सहकोषाध्यक्ष श्री हेमराज चालिसेले दिनुभएको थियो । कार्यक्रममा स्थानिय नेपाली समुदायका प्रतिनिधि, भिक्टोरिया राज्य सरकारका सरकारी निकायका प्रमुख भिभियन ङ्युयन, उपप्रमुख बवेय थाई, सुरक्षा निकायका प्रमुख क्रिश अलेन, तथा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा न्याभका पूर्व अध्यक्षहरु डा.राजु अधिकारी, बोम योञ्जन, सुधिर शाक्य र तारा गैरेको पनि सहभागिता रहेको थियो । कार्यकक्रममा सहभागि बक्ताहरुले न्याभले नेपाली समुदायमा गरेको बिविध काम तथा सेवाको वारेमा प्रशंसा गरेका थिए । भिक्टोरिया राज्य निकायका प्रमुख भिभियन ङ्युनले नेपालीहरूले आफ्नो भाषा, सँस्कार र सँस्कृति जोगाउन खेलेको यो भुमिकाको खुलेर प्रशंसा गरेका थिए । न्याभले बिश्वब्यापी माहामारिको बेला कोरोनासँग प्रतिकार र त्यसको रक्षा गर्न र गराउन खेलेको उच्च भुमिकाको सराहनिय योगदान गरेको प्रस्टाएका थिए ।

हामी अझै खत्रमुक्त भैनसकेको अवश्था छ र न्याभले अरू बिभिन्न सँघसँस्थाहरूसँग हातेमालो गरेर कोरोना बिरूद्द एकजुट भै लड्न सहयोगको अपिल पनि गरिन । नेपालीहरूको सबैभन्दा पुरानो सँस्था न्याभले यसरी आफ्नो २४औं बार्षिकोत्सवमा सरकारी निकायलाई आमन्त्रण गरेकोमा आभार ब्यक्त गरेकी थिईन । नेपाल र नेपालीहरूको ऐक्यबद्दता देख्न पाउँदा सार्है खुशि ब्यक्त गरिन । अब २५ औं बार्षिकोत्सब मनाउन सरकारी निकायबाटै पनि केहि सहयोगको पहल गरिदिन सकिने आभाष ब्यक्त गरेकी थिईन । कार्यक्रममा भिक्टोरिया पुलिसका प्रमुख क्रिश अलेनले नेपाली र नेपाली कम्युनिटीको प्रशंसा गरेका थिए ।

नेपालीहरू यसरी बिदेशमा बसेर यति ब्यस्त समयको बाबजुत क्रिकेट जस्तो खेल जगतबाट यति धेरै क्लबहरू उत्पादन गरेको देख्दा अचम्मित र खुशि भएको बताएका थिए । कार्यकक्रममा सँस्थाका सँस्थापकहरू ओशियाना भिक्टोरिया प्रमुख जोग लिम्बु, हेल्प हिमालयन फाउण्डेशन तथा भुटानिज कम्युनिटीका सँस्थापक पर्शुराम शर्मा,एनआरएनए भिक्टोरिया प्रमुख प्रेम कँडेल, नारी निकुञ्ज भिक्टोरिया प्रमुख काजल किरण भण्डारी, न्याभका सल्लाहकारहरू दुर्गा आचार्य, सोम प्रसाद गुरूङ, नारायण काफ्ले तथा भिक्टोरियाका बिभिन्न सँघसँस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । न्याभका अध्यक्ष राम गुरुङले सस्थाले गरेका विगतका कार्यक्रमहरुलाइ निरन्तरता दिदै समुदायसंगको हातेमालोमा अघि बढ्ने प्रतिवद्ता जनाए । राज्य प्रमुखसँग भएको कुराकानीमा न्याभलाई निरन्तर सहयोग गरिरहने बचन बद्दता ब्यक्त गरिन साथै नयाँ कार्यकालको सफलताको लागि शुभकामना पनि दिईन ।

बार्षिकोत्सवसँगै जोडेर क्रिकेट भिक्टोरियाको रोहबरमा अध्यक्ष गुरूङले बक्तब्य पढेर क्रिकेट खेल उद्घाटन गरिईएको थियो । यो खेल लगातार दुई महिनासम्म चल्नेछ । खेललाई सम्पन्न गर्न ग्रेश माईग्रेशनले प्रमुख स्पोन्शर रुपमा सहयोग गरेको छ ।