MENU

नेपालमा थप ३६० जनामा कोरोना संक्रमण उपत्यकामा मात्रै ८७ संक्रमित

काठमाडौं, नेपाल ।

नेपालमा आज थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले, वितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ६२२ जनाको पीसीआर परीक्षणगर्दा ३६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।

अहिले सम्म नेपालमा कोरोनाका कारण ६५ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा थप ८७ संक्रमित

नेपालको केन्द्रिय राजधानी काठमाडौँ सहित उपत्यकाका तीन जिल्लामा मात्रै थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।