MENU

पूर्व प्रधानमन्त्री मोरिसनले लिभरल नेताबाट राजिनामा दिने

Peter Dutton is emerging as a frontrunner to replace Scott Morrison as Liberal leader ABC News Nick Haggarty
Peter Dutton is emerging as a frontrunner to replace Scott Morrison as Liberal leader ABC: News Nick Haggarty

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार्दै नैतिकताको आधारमा लिभरल नेताबाट राजिनामा दिने भएका छन् । मरिसनले याे चुनावमा पार्टीले भाेगेकाे क्षतिकाे जिम्मेवारी आफुले लिने र पदबाट राजिनामा दिने बताएका थिए ।

९ बर्ष सत्तामा रहेको लिबरल–नेसनल गठबन्धनले चुनाव हारे पछि मोरिसनले राजिनामा दिने बताएका हुन् । चाँडै पार्टीकाे बैठममा मरिसने राजिनामा दिने राष्ट्रिय मिडियाहरूमा बताएका थिए ।

मरिसनको यो निर्णयसँगै लिबरल पर्टीको नेताका लागि बिभिन्न ब्यक्तिहरूको चर्चा शुरू भएको छ ।

निबर्तमान रक्षा मन्त्री पिटर डटन लिबरल नेताको दाैडमा बढी चर्चामा छन् ।

साथै लिबरल–नेसनल गठबन्धनका बिषयमा पनि पर्टी भित्र छलफल हुनुपर्ने माग बढ्न थालेको छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाको न्यु साउथ वेल्समा स्वैच्छिक मृत्यु सम्बन्धी कानुनलाई पारित