क्यानवेरा, नेपाल एयरलाईन्सको चार्टर विमान ११ जना नेपाली बोकेर क्यानवेराबाट काठमाडौ फर्किएको छ ।
नेपाली दुतावासको पहलमा तीन जना र नेपाल सरकार र काठमाडौं स्थित अस्ट्रेलियन दुतावासको पहलमा आठ जना नेपाली लकडाउनडा वीच अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन ।
क्यान्सर पिडीत विशाल पौडेल र उनकी श्रीमती तथा मानसिक तथा आर्थिक समस्यामा परेकी सुनिता परियारलाई दुतावासको पहलमा नेपाल पठाइएको राजदुत महेशराज दाहालले जानकारी दिनु भयो ।
नेपाल एयरलाइन्सको फ्लाइट आरए ४१३५ वाइड बडी विमान १५३ अष्ट्रेलियन, १ सय ४० अष्ट्रेलियन पिआरधारी र तीनजना न्युजिल्याण्डका नागरिक मंगलबार ९ जुनमा क्यानवेरामा अवतरण गरेको थियो ।
यसअघि वैशाख २४ गते अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको निगमको वाइड बडी जहाजले लकडाउनको अवधिमा पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो ।
मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।
https://nepaleseaustralian.com.au/archives/3165