काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समय देखि बन्द रहेको नेपालस्थित अस्ट्रेलियन भिषा आवेदन केन्द्रको सिमित कामहरुका लागि अक्टोवर २८ तारिखबाट कार्य पुन सुचारु गरेकाे जनाएकाे छ ।
केन्द्रले अपोइन्टमेन्ट लिएर बायोमेट्रिक संकलन गरिने बताएको छ । भिषा र नागरिकताका लागि अनलाईनबाट आवेदन दिने सकिनेछ ।
सार्वजनिक विदा बाहेक सोमबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म सो केन्द्रले कार्य गर्ने बताइएको छ ।
भिषा आवेदन भर्नका लागि आवश्यक सहयोग चाहिने सेवाग्राहीले अतिरिक्त शुल्क तिरेर सेवा लिन सक्नेछन् ।
बायोमेट्रिक गाईडलाइनकाे लागि यो लिंकमा जानुहाेला ।