MENU

“मेलबर्न कप” मा ट्वाईलाइट पेमेन्ट घोडाले मार्यो बाजी

Twilight Payment wins Melbourne Cup
Twilight Payment wins Melbourne Cup

मेलबर्न । विश्वभर चर्चित घोडा दौड “मेलबर्न कप” ट्वाईलाइट पेमेन्ट घोडाले जितेको छ । मंगलबार ३ नोभेम्बरमा तीन बजेबाट मेलबर्नको फ्लेमिङ्टनमा रहेको रेस कोर्समा घोडा दौड भएको थियो ।

३२ सय मिटर लामो रेस कोर्स दौडेर ट्वाईलाइट पेमेन्ट पहिला भयो । आइसि जकी जे म्यकनिलले यो घोडा चडेका थिए । यस्तै टाइगर मोथ दोस्रो, प्रिन्स अफ आरन तोस्रो भएको थियो ।

बिजयी घोडाले यो वर्ष ४.७ मिलियन अष्ट्रेलियन डलर नगद पुरस्कार र मेलवर्न कप जितेको छ । झण्डै चार सय घोडाहरु मध्येबाट अन्तिम छनोटमा परेका २४ वटा घोडा आज मैदानमा दौडिएका थिए ।

दर्शक बिनाको मेलबर्न कप

दौड शुरु भएको एक सय ६० बर्ष लामो इतिहाँसमा पहिलो पटक बिना दर्शक प्रतियोगिता सम्पन्न भएको छ । कोरोन भाइरको प्रकोपको प्रतिबन्धका कारण दर्शकहरुले रेस कोर्ष गएर दौड हेर्न पाएनन् ।

यो प्रतियोगिता हरेक वर्ष नोभेम्वरको पहिलो मंगलवार आयोजना गरिन्छ । प्रतियोगितामा दौडने विभिन्न घोडाको नाममा बाजी राख्ने चलन रहेको छ ।

देशलाई ठप्प पार्ने दौड

आज अष्ट्रेलियाका जुवा घरमा आफूलाई मन परेको घोडाको पक्षमा हजारौले बाजी थाप्छन् ।  टीभिबाट लाखौले प्रत्यक्ष प्रसारण हेरेका थिए । भिक्टोरीया सरकारले आज राज्यमा सार्वजनिक विदा दिने गरेको छ ।

त्यसैले हिजो आज यो दौडलाई “देशलाई ठप्प पार्ने दौड” पनि भनिन्छ ।

यो पनि पढ्नुहाेस् ।

अस्ट्रेलियन भिषा आवेदनको बाटो खुल्यो; नेपालस्थित भिषा आवेदन केन्द्रले बायोमेट्रिक संकलन गर्ने