MENU

एडिलेडमा दुई दिने योग कार्यक्रम हुँदै

Meditation and Emotional Stability
Meditation and Emotional Stability by BK Sita Gurung

एडिलेड । दक्षिण अस्ट्रेलियाको एडिलेडमा मानसिक स्थिरता र योग बिषयक दुईदिने निःशुल्क कार्यक्रम हुने भएको छ । नेपाली भाषामा आयोजना हुने दुईदिने कार्यक्रम ब्रह्मकुमारी राजयोग केन्द्र एडिलेडको आयोजना तथा दक्षिण अस्ट्रेलिया स्थित एनआरएनए र पुण्य फाउण्डेसनको सहकार्यमा हुन लागेको हो ।

“मेडिटेसन एण्ड इमोसनल स्टाबिलिटी” शिर्षकमा आयोजना हुन लागेको यस कार्यक्रमलाई सञ्चालन गर्न सिड्नी स्थित राजयोग केन्द्रबाट सिस्टर सीता एडिलेड आउने आयोजकले जनाएको छ ।

आयोजक संस्थाका तर्फबाट समन्वय गरिरहेका बिकास पोखरेलका अनुसार कार्यक्रम नरउड स्थित उटारियन चर्चमा अप्रिल १७ तारिख शनिबार र पारलोवि स्थित सेन्ट जोसेफ इटालियन कम्युनिटी सेन्टरमा अप्रिल १८ तारिख आइतबार आयोजना हुने भएको छ ।

दुईटै कार्यक्रम साँझ ५ः३० मा शुरु भएर ८ बजे समाप्त हुनेछ । निशुल्क रुपमा नेपाली समुदायलाई लक्षित यस कार्यक्रमको माध्यमबाट आफ्नो मानसिक स्थिरता, चिन्ता तथा सोचलाई सकारात्मक बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ ।

“वितेको बर्ष अत्यन्तै संघर्षात्मक र चिन्तायुक्त रहेकाले समेत यो कार्यक्रम नेपाली समुदायलाई उपयोगी हुने विश्वासका साथ आयोजना गर्न लागिएको हो ।” कार्यक्रममा सहकार्य गरिरहेको एनआरएन दक्षिण अस्ट्रेलियाकी उपाध्यक्ष सन्तोषी गौतमले भनिन् । उनले कार्यक्रमको मुख्य उद्देश्य नै मेडिटेसन कसरी गर्ने तथा यसको माध्यमका आफ्ना सोच तथा बिचारलाई कसरी सकारात्मक बनाउन सकिन्छ भन्ने रहेको समेत सुनाईन् ।

भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया (बासा) ले प्राविधिक सहयोग पुरयाएको यस कार्यक्रमको एभरेस्ट टिभी मिडिया पार्टनर रहेको छ ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता अनिवार्य रहेको र दर्ता गर्नका लागि यो लिंकमा जान तथा बिकास पोखरेल ०४०२७४००७१, सन्तोषी गौतम ०४२०७०५०४८ तथा कासी अधिकारी ०४२३६३४७०२ लाई उल्लेखित नम्बरमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।