MENU

ट्विटरले लगायो राजनीतिक विज्ञापनमा प्रतिबन्ध

सामाजिक सञ्जाल ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने भएको छ । आफूमार्फत् भइरहेको राजनीतिक विज्ञापन विश्वभर प्रतिबन्ध लगाउने भएको छ ।

 

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने जनाएका हुन् ।

 

 

उनले लेखेका छन्, “हामीले ट्विटरमार्फत हुने राजनीतिक विज्ञापन विश्वब्यापी रुपमै प्रतिबन्ध लगाउने निर्णय लिएका छौं । राजनीतिक सन्देश खरीद गरेर नभई कमाइबाट हुनुपर्छ ।”

 

 

ट्विटरले यो निर्णय २२ नोभेम्बरबाट लागू हुने जनाएको छ ।

 

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सन् २०१६ निर्वाचनमा पराजित हिलरी क्लिन्टनले ट्विटरको निर्णयलाई स्वागत गरेकी छन् ।