MENU

नोभेम्बर ८ देखि अस्ट्रेलियामा फाइजर खोपको बुस्टर डोज उपलब्ध

Pfizer Covid-19 vaccine has received full approval in US

नोभेम्बर ८ देखि अस्ट्रेलियामा फाइजर खोपको बुस्टर डोज उपलब्ध हुने भएको छ ।

अस्ट्रेलियामा बस्ने १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरू र खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेकाहरूलाइ  थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टीजीए)ले बुस्टर डोज खोपको स्वीकृति प्रदान गरेको हो ।

बुस्टर डोज सबैभन्दा पहिले वृद्ध स्याहार केन्द्रका बासिन्दाहरूले पाउने अनुमान गरिएको छ।

संघिय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार आउने ८ नोभेम्बार देखि बुस्टर डोज अस्ट्रेलियाभरी बितरण हुने छ । समुदायमा आधारित फार्मेसीहरु मार्फत बुस्टर डोज बितरण गर्ने सरकारको योजना रहेको छ ।

गम्भिर स्वास्थ्य सम्स्या भएकाहरुको लागि गएको ११ अक्टोबर देखिनै बुस्टर डोजको अनुमति दिईएको थियो ।

बुस्टरको लागि कुन ब्रण्डको खोप उपलब्ध हुनेछ ?

तत्काललका लागि फाइजर ब्रण्डको खोपको  मात्र बुस्टर डोजको लागि स्विकृत भएको छ ।

मोडना खोप पनि बुस्टर डोजको लागि अनुमतिको प्रक्रियामा रहको बताईएको छ ।