MENU

आप्रवासी तथा शरणार्थी महिलाहरूको अनुभव बाँड्न सर्भेक्षणको आव्हान

a nationwide survey into the experiences of migrant and refugee women in Australia
Harmony Alliance, in partnership with Monash Migration and Inclusion Centre, is launching a nationwide survey into the experiences of migrant and refugee women in Australia.

सिड्नी । अस्ट्रेलियामा रहेका शरणार्थी तथा आप्रवासी पृष्ठभूमिबाट आएका महिलाहरूका समस्याहरूको पहिचान गर्दै उनीहरूको अवस्था सुधार गर्नका लागि सम्बन्धित निकायलाई घच्घच्याउने उद्देश्यका साथ एक सर्भेक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

हारमोनी एलायन्स तथा मोनास विश्वविद्यालयको ‘माइग्रेसन एण्ड इन्क्लुजन सेन्टर’ ले संयुक्त रूपमा आयोजना गरेको सो सर्भेक्षण नेपाली भाषामा पनि उपलब्ध छ ।

आप्रवासी वा शरणार्थी पृष्ठभूमि रहेका १८ वर्षभन्दा माथिका कुनै पनि महिलाले भर्न सक्ने उक्त सर्भेक्षण नेपालीलगायत अरेबिक, भियतनामी, थाई, फारसी, चिनियाँ, कोरियन, पंजाबी र अङ्ग्रेजी भाषामा पनि उपलब्ध छ ।

करिब २० मिनेट समय लाग्ने उक्त सर्भेक्षणमा सहभागीहरूको परिचय गोप्य राखिने जनाइएको छ ।

मोनास विश्वविद्यालयको माइग्रेसन एण्ड इन्क्लुजन सेन्टरकी एसोसिएट प्रोफेसर मारी सेग्रेभले बढीभन्दा बढी महिलाहरूलाई यो सर्भेक्षणमा सहभागी हुनका लागि आव्हान गरिन् ।

“नीति निर्माता, सरकार, कल्याणकारी संघ, संस्था र सारा अस्ट्रेलियालाई आफ्ना अनुभवहरू बाँड्ने यो एउटा सुनौलो अवसर हो । यसले आप्रवासी तथा शरणार्थी महिलाका समस्याहरूलाई राष्ट्रिय मुद्दाका रूपमा स्थापित परिणाम सुधार गर्न सघाउ पुर्याउन सक्छ ।” एसोसिएन प्रोफेसर मारी सेग्रेभले भनिन् ।

हारमोनी एलायन्सकी अध्यक्ष मारिया डिमोपोलस एएमले भनिन्, “हामीलाई थाहा छ आप्रवासी तथा शरणार्थी महिलाहरूका समस्याहरू आप्रवासन तथा बसाइका दृष्टिकोणले बिल्कुल फरक हुन सक्छन् । यो सर्भेक्षणले तथ्यांक र ज्ञानसम्बन्धी पहुँच, अनुभव र सुधार सम्बन्धी रहेको दूरीलाई हटाउनका लागि सघाउ पुग्नेछ।”

सर्भेक्षणको नतिजा आगामी वर्ष प्रकाशित गरिनेछ ।

सर्भेक्षण भर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।