MENU

मातातीर्थको अवसरमा सरिताको “आमा” गीत सार्वजनिक

Aama Song by Sarita Niraula

एडिलेड । दक्षिण अस्ट्रेलिाको एडिलेडमा बस्दै आएकी गायिका सरीता निरौलाले आमा बोलको गीत मातातीर्थको अवसरमा सार्वजनिक गरेकी छिन् । आफ्नो दोस्रो सांगितिक प्रस्तुतीका रुपमा शनिबार सार्वजनिक गरिएको उक्त गीतमा आमाको प्रेम, त्यागको चर्चा गरिएको छ ।

गीतस“गै उनले सांगितिक म्युजिक भिडियो समेत सार्वजनिक गरेकी छिन् । उनको आफ्नै स्वर र शब्द रहेको गीतमा सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् । दक्षिण अस्ट्रेलिाको भिएम साउण्डमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोमा गायिका निरौला स्वयंमले अभिनय गरेकी छिन भने उनको साथमा बिकास शर्मा पोखरेल, रोहित अधिकारी र इनिशा खड्को अभिनय छ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन प्रदिप खत्रीले गरेका छन भने नबिन पन्तले निर्देशन गरेका छन् ।

गायिका निरौलाले आमाको माया र उनले दिएको त्यागलाई सम्झना स्वरुप गीत मार्फत प्रस्तुत गरेको बताएकी छिन् । निरौलाले विदेशमा रहेर समेत आफ्नो संगीत र सृजनालाई निरन्तरता दिने आफ्नो प्रयास भएको बतँईन् । म्युजिक भिडियोका निर्देशक पन्तले अर्थपुर्ण अहिले चलिरहेको भन्दा फरक किसिमको म्युजिक भिडियो निर्माण गरिएको बताए । उनले यो म्युजिक भिडियो अन्य चलनको भन्दा फरक रहेको समेत दाबी गरे ।

गीत तलको लिंकबाट हेर्न सकिन्छ ।