MENU

नेपालीसँग मत माग्दै एसीटीका दलहरु; लेवरलाई जिताए सामुदायिक केन्द्र बनाउने आश्वासन

क्यानबेरा । अस्ट्रेलियन क्यापिटल टेरिटोरीका मुख्यमन्त्री एन्ड्रयू बारले आगामी चुनावमा लेवर पार्टीलाई जिताए एसीटीकै सवैभन्दा ठूलो सामुदायिक केन्द्र बनाइदिने आश्वासन दिएका छन् ।

येरावी नेपाली समुदायका मतदातासंग छलफल कार्यक्रमा मुख्यमन्त्री एन्ड्रयूले उक्त आश्वासन दिएका हुन् । साथै उनले लेवर पार्टी विजय भए २१ मिलियन डलरको लागतमा क्यानवेरामा रहेको प्रदर्शनी पार्कमा सो सामुदायीक केन्द्र निर्माण गर्ने प्रतिवद्धता जनाए ।

साे चुनावी छलफल कार्यक्रममा  नेपाली समुदायबाटओशिनिया नेपाली खेलकुद मीट २०२० का संयोजक डा दुर्गा दत्त कंडेल , अस्ट्रेलिया-नेपाल मैत्री समाज क्यानबेरा निवर्तमान अध्यक्ष, जीवन राना, एनआरएनए एसीटीका निवर्तमान संयोजक राजन ढुंगेल, क्यानबेरा नेपाली फुटबल क्लबका निवर्तमान अध्यक्ष आशीष सापकोटा, नेपाली कला, संस्कृति तथा साहित्य  परिषद क्यानबेराका अध्यक्ष दीपक हमालका साथै लेवर पार्टीका एमएलए माइकल पिटरसन , सुजान ओर  र दिपक राज गुप्ताकाे पनि सहभागिता थियाे ।

अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरुको महासंघ फेन्काका महासचिव डाक्टर कृष्ण हमालले भने यदी सामुदायीक केन्द्रको निर्माण भए एसीटी क्षेत्रमा रहेका बहुसांस्कृतिक समुदायहरुले ठूला कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । चुनावमा होभिएका पार्टीहरुलाई एसीटीमा नेपाली मन्दिर र कल्चरल सेन्टर निमार्णका लागि माग गर्दै आएको डाक्टर हमालले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

साथै मुख्यमन्त्रीको कार्यक्रममा सहभागी भएका नेपाली समुदायलाई कृतज्ञता व्यक्त गर्नुका साथै उमा कुमारलाई नेपाली खानाको प्रचार प्रसार गरेको र आयुसी हमाललाई सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिइएको थियो । अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा यही अक्टोवर १७ तारिखमा चुनाव हुँदैछ ।