MENU

न्यु साउथ वेल्सका विद्यालयहरुमा इमेल मार्फत “बम आक्रमण” गर्ने धम्की

After 'bomb threat' emails NSW high schools evacuated
After ‘bomb threat’ emails NSW high schools evacuated

सिड्नी । न्यु साउथ वेल्स राज्यको दक्षिण तटिय क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी माध्यमिक विद्यालयहरु बम आक्रमणको धम्कीका कारण खाली गरिएको छ ।

बुधवार २८ अक्टोबरमा अज्ञात स्रोतले इमेल मार्फत बम आक्रमण गर्ने धम्की दिएपछि बिद्यालय खाली गरिएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

राज्यको दक्षिण तटिय क्षेत्रका बोरल, बोमाडेरी, मोसभेल, यास र नाराब्री लगाएत क्षेत्रका विद्यालयहरुले बम आक्रमणक सम्बन्धी इमेल प्राप्त गरेका थिए । प्रहरीले विद्यालय परिसमा गहन खोजी गरेपछि कुनै खतरा नभएको विद्यालय प्रसासनलाई जनकारी दिएको थियो ।

गएको मंगलबार पनि सिड्नी आसपासका २० भन्दाबढी विद्यालयहरु इमेलबाट बम अक्रमण गर्ने धम्की सहितको इमेल प्रप्त भएपछि खाली गरिएको थियो ।

अहिले न्यु साउथ वेल्समा हाइ स्कुल सर्टीफिकेट एच एस सी परिक्षा चलिरहेको छ । बम त्रासका कारण यो परिक्ष पनि प्रभावित भएको छ ।

यसैबीच न्यु साउथ वेल्स प्रहरीले इमेलबाट बम त्रासको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।