MENU

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दुईलाख नाघ्याे; असाधारण काम गरेको ट्रम्पको दाबी

America's covid-19 death toll reached 200 thousand

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ ।

त्यस्तै सक्रमितको संख्या ६८ लाख भन्दा बढी  पुगेको तथ्यांकले देखाएको छ । नर्थ डाकोटा र उटाह राज्य सहित कैयौ राज्यमा कोरोना भाइरसको संक्रमित बढेसंगै मृतकको संख्यामा पनि वृद्धि भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको मंगलबारसम्मको तथ्यांक अनुसार अमेरिकामा २ लाख ४  मानिसको मृत्यु भएको छ ।

अमेरिकामा पहिलो पटक संक्रमित जनवरी महिनामा फेला परेको थियो । जोन्स हप्किन्स विश्वविद्यालयले अमेरिका सहित विश्वभरीकै तथ्यांक संकलन गरिरहेको छ ।

असाधारण काम गरेकाे ट्रम्पकाे दाबी

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकको संख्या दुई लाख पार गर्नु भयावह भएको बताउदै चीनले भाइरस रोक्न सक्नुपर्ने धारणा राखे ।

आफ्नो हस्तक्षेपका कारण मृतकका संख्या कम भएको बताउदै ट्रम्पले अन्यथा २४ लाख मानिसको मृत्यु हुन सक्ने दावी गरे ।

उनले आफू र आफ्नो प्रशासनले कोरोना भाइरस रोकथामका लागि असाधारण काम गरेको भन्दै आफैलाई ए ग्रेड प्रदान गरे ।

तर भाइरसको नियन्त्रण र रोकथामको विषयलाई लिएर ट्रम्प प्रशासनको निरन्तर रुपमा आलोचना हुँदै आएको छ।

स्राेत एजेन्सी