MENU

अस्ट्रेलियामा ६ रेक्टर स्केलको भूकम्पको धक्का

An earthquake of 5.8 magnitude hit southeast Australia

मेलबर्न । अस्ट्रेलियाको न्यु साउथ वेल्स लगायत राजधानी क्यानबेरा मेलर्वन, रिजनल भिक्टोरिया,एडिलेड लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

स्थानीय समय अनुसार २२ सेप्टेम्बर बुधवार बिहान करिब ९ बजेर १५ मिनेटमा मेन्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ ।

जियो साइन्स अस्ट्रेलियाले जनाए अनुसार भिक्टोरियाको उत्तर पूर्वी क्षेत्र म्यान्सफिल्ड केन्द्रबिन्दु भएरू ६ रेक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरिएको हो ।

सामाजिक सञ्जालहरूमा राखिएका भिडियो एवम् तस्बिरहरूमा मेलर्वनको भित्री सहरी क्षेत्रहरूमा भवनहरूका संरचनाहरूमा क्षति पुगेका देखिएको छ ।

म्यान्सफिल्डका मेयर मार्क हालकोम्बले सहरमा आफ्नो २० बर्से बसाइँका क्रममा पहीलोपटक यस्तो अनुभव गरेको बताए ।

अधिकारीहरूले यी क्षेत्रहरूमा अझै केही आफ्टरसकहरु आउने चेतावनी दिएका छन् ।