MENU

आइ कम्पिट नेचुरलका बिजेता अनिल जंङ कार्की  होबार्टमा सम्मानित

होबार्ट । तास्मानियाको होबार्टमा भएको  सिजन वानको राज्य स्तरीय  आइ कम्पिट प्रतियोगितमा ६ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै काठमाडौ काडाघाँरीका २६ वर्षिय अनिल जंग कार्की प्रथम भएका छन् ।

आइ कम्पिट नेचुरल( ICN) प्रतिस्पर्धामा ६ जना अस्ट्रेलियन प्रतिस्पर्धीहरुलाई पछि पार्दै  गोल्ड मेडल र मेन्स फिजिक रुकि बिधामा ब्रोन्ज मेडल हात पार्न सफल भएका थिए । युनिभर्सिटी अफ तास्मानियामा एम आइ टी गरेका कार्कीले  आठ वर्षको  कडा मेहनत र  १५ महिनाको इस्ट्रिक डाइट प्लान पछि पहिलो प्रतिस्पर्धामै सफलता हात पारेका हुन्  ।

साथै उनले आगामी  नोभेम्वरमा  लनचेस्टनमा हुने सिजन टुको क्लासिक फिजिक प्रतियोगितामा सहभागी हुने बताए ।  नेपाली समुदायबाट हौसल्ला मिलेको भन्दै आगामी बर्षहरुमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा समेत सहभागी हुने उनले बताए ।

ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजको सम्मान

यसैवीच ICN प्रतिस्पर्धामा मेन्स फिजिक फर्स्ट टाइमर बिधामा गोल्ड मेडल र मेन्स फिजिक रुकि बिधामा ब्रोन्ज मेडल हात पारेका  कार्कीलाई ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले होबार्टमा सम्मान गरेको छ ।

सम्मान कार्यक्रमा  ग्लोबल मार्कका  निर्देशक अरुण चित्रकारले अस्ट्रेलियामा  पढाई र कामलाई सन्तुलनमा राखेर स्वास्थ जीवन कसरी जिउन सकिन्छ भन्ने उदाहरण अनिल जंग भएको बताउदै आप्नो सस्थाले युवाहरुका हरेक सफलतालाई प्रोत्साहन गर्नै बताए ।

कार्यक्रममा एनआरएनए  तास्मानियाका राज्यका  संयोजक सन्देश परियारले अनिलको सफलता  नेपालीको  सफलता भएको बताउदै  अस्ट्रेलियामा आएका युवाहरुले  सकारात्मक सोचका साथ अघि बढ्ने हो भने जीवनका हरेक पक्षममा सफलता मिल्ने बताए ।

सो कार्यक्रमा  नेपाली सोसाइटी तास्मानियाका सचिब प्रदिप पोख्रेल, तास्मानियन नेपाली  क्रिकेट एसोसिएसनका अध्यक्ष प्रकाश उप्रेती र नेपाली बिजनेश  एसोसिएसन तास्मानियाका उपाध्यक्ष अनिल श्रेस्ठको सहभागिता रहेको थियो ।