MENU

हामी अभागी हामी भाग्यमानी

अस्ट्रेलियामा हरेकदिन जसो कुनै न कुनै राज्य र तिनका निकायहरूले जनताको राहतको केही न केही राहत घोषण गरिरहेका हुन्छन् । यी रहत र सुविधाहरू नागरिक सडकम उत्रेर नारा जुलुस गरेर पक्के पनि उपलब्ध भएको होइन । राज्यले नागरिकप्रतिको दायित्व महसुस गरेर घोषणा भएका हुन् ।

Niraj Shrestha

कल्पना नगरेको कोरोना भाइरसको महामारीले अहिले सारा संसार आक्रान्त भएको छ । सायद कुनै देश चोखो छैन जहाँ कोरोनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर नगरेको होस् ।

चाहे त्यो बिकसित देश अमेरिका वा इटलीहोस जहाँ अन्य देशको तुलनमा राम्रो स्वास्थ्य सुबिधा भएको मानिन्छ वा भारत जस्तो बिकासउन्मुख देश जहाँको स्वास्थ्य सुबिधा अझै पहुँच भन्दा बाहिर छ ।

विश्वनै अहिले कोरोना भाइरसको अगाडी नतमस्तक भएको छ । जसको असर स्वरुप अमेरिका अझै कोरोना सन्क्रमणको पहिलो नम्बरमा छ भने भारत दोस्रो । चीनले आफुलाई यसबाट मुक्त गर्दै गएको देखिन्छ ।

धराशायी अर्थतन्त्र

कोरोनको असर स्वास्थ्यसँगै अर्थतनत्रमा पनि गम्भिर रुपमा परेको छ । बिश्वमा बेरोजगारीको संख्या कल्पनागरेको भन्दा माथि गएको सर्बबिधितै छ । सायदै यही सुचना अत्यधिक रुपमा प्रभावित भएको भएरहोला मेरो ९ बर्षको सानो छोराले पनि बुवा अर्थतन्त्र भनेको के हो र यो किन मजबुत हुनुपर्छ भनेर पहिलो पटक मलाई सोध्दा म आफै अक्क न बक्ब भएको थिए ।

यतिमात्र होइन फ्रान्सले आफ्नो अर्थतन्त्र बलियो बनाउन संसार प्रसिद्ध मोनालिसाको चित्रलाई बेच्न लागेको भन्ने खवर छोरा बाटै सुन्दा तिनछक भएको थिए । यति सानै उमेरमा अर्थतन्त्रको बारेमा मेरो छोराले केही बुझ्ने उत्सुकता देखाएकोमा गर्व महसुस भयो ।

मेरो ठूलो छोरो जो अहिले कक्षा ८ मा अध्यनरत छ उसमा पनि अर्थन्त्रको बारेमा सानै देखि रुची बढेको देख्छु । कोरोनाले नै दुबै छोराहरुमा अर्थतन्त्रबारे बुझ्ने अवसर दियो जस्तो लाग्छ ।

प्रसङ्ग कर्मभुमी अस्ट्रेलियाको

म आफै यो कर्मभुमी अस्ट्रेलियामा बसेको २० वर्ष भन्दा बढी भएछ । म पछि पनि धेरै नेपालीहरुले यो भुमीलाई कर्मभुमी बनाए जुन प्रक्रिया अहिले पनि जारी छ र भबिष्यमा पनि चलिरहन्छ । हामी नेपाली मात्र होइन विश्वका धेरै मानिसको रुची अस्ट्रेलिया बनेको छ । जसको कारण हो यहाँको सरकारको सामाजिक सुरक्षा नीति ।

अहिले यो कोरोनाको महामारिको बेलामा पनि अस्ट्रेलियाले जबसिकर र जबकिपरको ब्यवस्था गरेर नागरिकलाई केही राहत दिएको छ । साथै चाइल्ड केयर सबसिडिले कामकाजी अभिभावकहरुलाई रोजगारी जारी राख्न प्रेरित गरेको छ भने यहाँको राज्यको अनुदानमा संचालित निःशुल्क स्वास्थ्य सेवा मेडिकेयर विश्वका लागि नमुना भएको छ ।

बेरोजगार भएकाहरुलाई  रोजगारी खोज्न मद्दत गर्ने र जागिर नपाउन्जेल रहतको लागि भत्ता दिन यहाँको लोक कल्याणकारी ब्यवस्थाले धेरैलाई सहयोग पुगेको छ । यी सुविधकका बावजुत बेराजगारी भक्ता लिनेमा नेपाली समुदायको संख्या नगण्य रुपमा छ ।

राज्यले नेपाली समुदायलाई सीपयुक्त भनेर चिन्दछ र तथ्याङ्कमा पनि अस्ट्रेलियामा रहेका नेपाली करिब ७० प्रतिसत भन्दा बढी स्किल माईग्रेन्टको रुपमा चिनिन्छन् ।

मैले यो प्रसंग निकाल्नुको कारण कसरी अस्ट्रेलिया सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र त्यसले अर्थतन्त्र र रोजगारी क्षेत्रमा पारेको असरलाई न्युन गर्न चलेको कदम बारेमा चर्चा गर्नु पनि हो ।

आहदमा राहद

जब संघिय सरकारले २३ मर्च २०२० मा देशभरी लकडाउनको घोषणा गर्यो नागरिकहरुमा एक प्रकारको अनिश्चितता र त्रास छाएको थियो । बेराजगारी डरलाग्दो गरी बढ्ने र ब्यवसायहरु डामाडोल हुने आकलन भएका थिए । यही अनुमानलाई मध्यनजर गरेर संघिय सरकारले रोजगारदाताहरुको लागि जब किपर र काम छुटेका र बेरोजगार भैसकेकाहरुको लागि जब सिकरको ब्यवस्था गर्यो ।

कोरोना भाइरसको असरका कारण कर्मचारी कटौती गर्न बाध्य ब्यवसायहरुले सोही कर्मचारिलाई रोजगारीमा राखिराख्न पाक्षिक १५ सय डलर सरकारी अनुदान पाउने भए । यति मात्र होइन जो बेरोजगार भएर उनीहरुले पाउदै आएको जब सिकर भुक्तानी पनि दोब्बर भएको छ ।

ब्यवसायिहरुलाई पनि क्यास फ्लो होस् भनेर सरकारले न्युनतम १० हजार देदि लाखौ डलर अनुदान दिएको छ । साथै यो महामारिको समयमा कुनैपनि घर धनीले भाडा नतिरेको भनेर निकाल्न नपाउने बारेमा प्रधानमन्त्री स्कट मरिसने सार्वजनिक रुपमै कानुन बनाएर कार्यान्वयन गरिने बताएका थिए ।

नीजि घर वा अपार्टमेन्टमा भाडामा बस्नेहरुले पनि भाडा रकम घटाउन घरधनीसँग बार्तालाप गर्न सकिने ब्यवस्था भएको छ । यो प्रक्रिया सहज गर्न सरकारले घरधनी र डेरालाका लागि आचा संहिता पनि तयार गरेको छ । यसको फाइदा धेरै साना ब्यवसायि र भाडामा बस्नेहरुले लिएका छन् ।

यस्तै सरकाले कोरानाको प्रकोप सुरु भएदेखि जुलाइको मध्यसम्म चाइल्ड केयर सेवा निःशुल्क गरेको थियो । माथि उल्लेतिख सबै राहत र अनुसदान संघिय सरकारद्धारा जारी कार्यक्रमहरु थिए । देशका आठवटै राज्यहरुले पनि कोरोनाको असरबाट आफ्नो राज्यमा असर कम गर्न केही सुविधा र राहत प्याकेज ल्याएका छन् ।

राज्यहेरी यी राहत प्याजे फरक फरक छन् । जसमा १० हजार देखि २० हजार डलर सम्मको राहत, पहिलो घर किन्ने ग्राहकको लागि स्ट्याम्प ड्युटीमा छुट, नयाँ घर बनाउँनेहरु (सात लाख ५० हजार डलर मुल्य पर्ने) निमार्ण र घर मर्मत गर्नेहरुलाई २५ हजार डलर निमार्ण अनुदान घोषण भएको छ । जसको उद्देश्य निमार्ण क्षेत्रमा कोरोनाको असर नपरोस र यो क्षेत्रमा रोजगारी सृजना भैरहोस् भन्ने रहेको छ ।

राज्य राज्यको प्रतिस्पर्दा

अस्ट्रेलियामा हरेकदिन जसो कुनै न कुनै राज्यले जनताको राहतको केही न केही राहत घोषण गरिरहेका हुन्छन् । यी रहत र सुविधाहरू नागरिक सडकम उत्रेर नारा जुलुस गरेर पक्के पनि उपलब्ध भएको होइन । राज्यले नागरिकप्रतिको दायित्व महसुस गरेर घोषणा भएका हुन् । लाग्छ राज्यसरकारहरु नागरिकलाई कोरोनाको असर कम गर्न राहत र सहयोग प्याकेज ल्याउनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

संधिय सरकारले अहिले मात्रहोइन सन् २००७ /२००८ मा बिश्व आर्थिक मन्दिको बेला नागरिहरुलाई खर्च गर्ने क्षमता बढोस र अर्थतन्त्र चलायमान बनाउन सरकारले प्रत्येक ब्यक्तिलाई ९ सय डलर नगद हरेक करदाता नागरिकको खातामा जम्मा गरिदिएको थियो ।

जब अर्थतन्त्र कमजोर भएर देश र नागरिकलाई असर पर्ने अवस्था आउँछ अस्ट्रेलियाले त्यो परिस्थितिलाई राहत दिन आर्थिक प्याकेज ल्याएर जनताको मनोबल बढाउने र अर्थतन्त्र सुधारको काम गरेको छ ।

जन्म्भुमिको खबरले अभागी हामी

यही सन्दर्भमा मेरो जन्मभुमी नेपाललाई फेरी फर्केर हेर्दा कोरोनाको कारण जनताले भोग्नु परेको सकस, अर्थतन्त्र ओरालो र राज्यको कमजोर ब्यवस्थापन प्रस्ट हुन्छ ।

नागरिकको कस्टकर जीवनशैली, श्रमिकहरुमा बढ्दो भोकमारी र आकसिदो कोरोना संक्रमितहरुको ग्राफले नेपालमा लकडाउन उपलब्धिहिन भएको छ । जहाँ नगरिकहरु हप्तौ पैदल हिडेर राजधानीबाट पूर्व देखि सुदुर पश्चिम सम्म जान बाध्य छन् ।

सबैभन्दा बढी म दुखि त्यतिबेला भए जब हजारौ श्रमिक एक छाकका लागि खुला मन्चमा आएर भोक मेटाउछन् । नेपालको सन्दर्भमा जब सिकर, जब किपर र साना ब्यवसायि क्यास फ्ल्वो बिषय दिवा सपना सरह हुनेछ ।

यसो भन्दा म नेपाल सरकारको मात्र दोष देख्दिन । जब देशको ढुकुटी मै केही दिन सक्ने अवस्था छैन भने सरकारलाई दोष दिएर केही हुँदैन ।

यो अर्थमा म आफूलाई साहै भाग्यमानी ठानेको छु । म मात्र होइन सार अस्ट्रेलियनहरु आफूलाई भाग्यमानी भएको महसुस गरिरहेको हुनु पर्छ । राज्यलाई नागरिकले इमान्दार भएर कर तिरेपछि र राज्यले पनि नागरिकालागि लगानि गर्ने दायित्व बन्छ । अस्ट्रेलिया जहाँ नागरिक कर तिर्नुलाई आफ्नो जिम्मेवारी ठान्छन् र त्यसमा गर्व गर्छन् ।

लेखक अस्ट्रेलियाको सिड्नीमा सक्रिय ब्यवसायी हुन् ।