MENU

विश्वकप छनोट अन्तर्गतको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

Australia progressed into the third round of qualifiers for the World Cup, with a 3-0 win over Nepal
Australia progressed into the third round of qualifiers for the World Cup, with a 3-0 win over Nepal

विश्वकप तथा एसियन कप छनोट अन्तर्गतका  अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित भएकाे छ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा शनिबार राति भएकाे खेलमा १० खेलाडीमा सीमित नेपाल विश्वकप तथा एसियन कप छनोट अन्तर्गतकाअ ३-० ले पराजित भएकाे हाे।

खेलकाे छैटौँ मिनेटमा नै नेपालले पहिलो गाेल खाएकाे थियाे। कप्तान म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाए। अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले हेडरमार्फत गोल गरेका थिए।

केही अतालिएकाे नेपालले ३८औं मिनेटमा दाेस्राे गाेल खायाे। लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान करासिकले गोल गर्दै अग्रता २-० मा पुर्‍याए।

Australia progressed into the third round of qualifiers for the World Cup, with a 3-0 win over Nepal

यस्तै, पहिलाे हाफकाे समाप्ति नजिक नेपाल १० खेलाडीमा समेटियाे। पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा मार्टिन बोएललाई फल गरेपछि रेफ्रीले राेहित चन्दलाई रातो कार्ड देखाएका थिए।

दोस्रो हाफको ५७औं मिनेटमा अष्ट्रेलियाले अग्रता ३-० मा पुर्‍यायो। ज्याक्सन अर्भाइनको सानदार पासलाई मार्टिन बोएलले पेनाल्टी क्षेत्र बाहिरबाट सहजै गोल गरे।

जितसँगै ७ खेलमा २१ अंक बनाएकाे अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ।

यता, हार बेहाेरेकाे नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ। नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रह्यो।