MENU

आप्रवासन नीतिमा उदार हुने अस्ट्रेलियाको संकेत

Sydney Opera House Photo by Jeremy Bishop on Unsplash
Sydney Opera House Photo by Jeremy Bishop on Unsplash

क्यानवेरा । अस्ट्रेलियाले सात दशक भन्दा बढी अवधिमा पहिलो पटक कुल आप्रवासनमा उल्टो वृद्धिदर भोग्नुपर्ने भएको छ जुन आउदो साताको संघीय बजेटबाट सार्वजनिक हुनेछ ।
हजारौ मानिसले देश छाड्ने तथा धोरै संख्यामा मानिसहरु आउने क्रम जारी रह्दा आप्रवासनमा सन् १९४६ पछि पहिलो पटक नकारात्मक प्रभाव परेको हो ।

कोषाध्यक्ष जोश फ्रायडेनवर्गले सो प्रभावको पुष्टि गर्दै स्थिर प्रवासको “महान अस्टे«लियाको सफलताको कथा” लाई पुर्नजिवित गर्न उदार नीति चाहेको बताए । उनले कोरोना भाइरस नियन्त्रणमा आए आप्रवासी पुन फर्किने आशा व्यक्त गरे र यसका लागि खोप आउनु आवश्यक रहेको बताए ।

गत वर्षको बजेटले चारवर्षसम्म दश लाखका दरले जनसंख्या वृद्धि हुने तथा सन् २०२२ सम्म २७ मिलियन जनसंख्या पुग्ने प्रक्षेपण गरेको थियो । तर महामारीले प्राकृतिक वृद्धि र आप्रवासीमा प्रभाव पारेको छ । कुल वैदेशिक आप्रवासन यस वर्षका लागि २ लाख ७१ हजार ३ सय तथा आगामी वर्षका लागि २ लाख ६७ हजार ६ सय प्रक्षेपण गरिएको थियो तर सो नकारात्मक देखिएको छ ।

अध्यागमन विभागका पूर्व उपसचिव अबुल रिजवीका अनुशार सन् २०२१ मा जनसंख्या वृद्धि ८३ हजार मा झर्ने छ जुन गत वर्ष ४ लाख ५५ हजार अनुमान गरिएको थियो ।
प्रजनन दर दीर्घकालिनरुपमा १ दशमलब ६२ प्रति महिलामा झर्ने छ जुन यस अघि १ दशमलब ९ अनुमान गरिएको थियो ।

सेप्टेम्बर २२ मा एक संचारमाध्यमले सार्वजनिक गरेको तथ्य अनुसार मन्दी तथा अनपेक्षित पूर्वानुमानका कारण सन् २०२४ सम्म २ लाख ८० हजार बालबालिका कमि हुनेछ ।
यस अघि तत्कालिन कोषाध्यक्ष पिटर कोस्टेलोले सन् २००२ को बजेटमार्फत महिलाहरुलाई बच्चाका लागि बोनस स्वरुप २ हजार ५ सय डलर दिने तथा पछि परिवारलाई तीन वटा बच्चा पाउनका लागि आग्रह गरेका थिए ।

यता फ्रायडेनवर्गले भने परिवारहरुका लागि आर्थिक प्रोत्साहनको प्रतिज्ञा नगरेपनि पनि महामारीपछि जन्मदरमा वृद्धि हुने विश्वास व्यक्त गरे ।