MENU

न्युजिल्याण्डको क्राइस्टचर्च नरसंहारका दोषीलाई आजीवन काराबास सजाय

Nepalese Australian
NZ massacre shooter handed life sentence without parole
न्युजिल्याण्डको क्राइशचर्चको दुई मस्जितमा बन्दुक आक्रमणकारी ब्रेन्टन टेरेन्ट Photo: (AP)

क्राइस्टचर्च । क्राइस्टचर्च आक्रमणका दोषी अस्ट्रेलियन नागरिक ब्रेन्टन टेरेन्टलाई आजीवन काराबासको सजाय सुनाएको छ । क्राइस्टचर्च उच्च अदालतमा चार दिनसम्म लगातार चलेको सुनुवाइपछि बिहीवार न्यायाधीश क्यामरन मान्डरले उक्त फैसला सुनाइएका हुन् ।

अदालतलेतर उनलाई ‘पेरोल’ (सजायको केही अवधि बिताएपछि जेलबाट बाहिर निस्कने सुविधा) भने दिइएको छैन । न्युजिल्याण्डको इतिहासमा पहिलो पटक दोषीलाई यस्तो सजाय सुनाइएको हो ।

२९ वर्षीय टेरेन्टले सन् २०१९ को मार्च महिनामा क्राइस्टचर्चका दुई वटा मस्जिदहरूमा प्रार्थनाका लागि भेला भएका ५१ जनामाथि बन्दुक आक्रमण गरी हत्या गरेका थिए। उनले उक्त आक्रमणको फेसबुक लाइभ पनि गरेका थिए।

उनीमाथि ५१ मानिसको हत्या, अन्य ४० जनाको हत्या प्रयास र आतंकवादको आरोप थियो । हत्या गरिएको सबभन्दा सानो बालक जम्मा तीन वर्षका थिए । उनले यी आरोप स्वीकार गरेका थिए।

क्राइस्टचर्च आक्रमण ज्यान गुमाएका ५१ जना स्थानियहरु

फैसलाको सुनुवाइमा टारान्ट आफैं अदालतमा उपस्थित थिए तर उनले अदालतमा केही बोलेनन् । आफ्ना वकिल पिप हललाई उनले बोल्न लगाए । न्यायाधीश क्यामरन मान्डरले उनलाई केही बोल्नु छ भनी सोधे । उनले सुस्तरी ‘छैन, धन्यवाद’ भने ।

सुनुवाइका क्रममा पीडितका परिवार तथा घटनामा बाँचेका ९१ जनाले मुसलमान समुदायमा टारान्टले दिएको पीडाको बयान गरेका थिए ।

घटनामा मारिएका र घाइते भएका सबै पीडितको नाम न्यायाधीश मान्डरले पढेर सुनाए । ‘तिमीले कुनै दयामाया देखाएनौ । यो दानवीय कार्य थियो, तिमीले अमानवीय काम गर्‍यौ,’ मान्डरले टारान्टलाई भने ।

न्युजिल्याण्डमा मृत्युदण्डको व्यवस्था छैन। आजीवन काराबासको सजाय त्यहाँको कठोर दण्ड हो।