MENU

नेपालकाे उर्जा विकासमा अस्ट्रेलियाको चासो, मन्त्री र राजदूतकाे भेटवार्ता

तस्वीर स्राेत- मन्त्री भुसालकाे सचिवालय

नेपालको जलस्रोत र नवीकरणीय उर्जा प्रवर्द्धन बारे अस्ट्रेलिया र नेपालीबच द्विपक्षीय छलफल भएको छ ।

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गर्दै नेपालको उर्जा क्षेत्रको विकासबारे चासो राखेकी हुन् ।

सोमवार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर राजदूत भोल्कले मन्त्री भुसालसँग भेट गरेकी हुन् । भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले बताएको छ ।-

भेटमा मन्त्री भुसालले अस्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएकी थिइन् ।

विश्वले सामाना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक रहेको उनको भनाइ थियो।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अस्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनले नेपालको जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सहयोग गर्न इच्छुक रहेको जानकारी मन्त्रीलाई दिएकी थिइन् ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालय र अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन(सीएसआईआरओ) बीच सन् २०१७ मा समझादारी भएको थियो।

सो सम्झौताअनुसार सीएसआईआरओ र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा भइरहेको छ ।