MENU

अर्थतन्त्र उकास्न आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै अस्ट्रेलिया; हवाई भाडामा ५० प्रतिशत छुट

 Australia’s airlines package’s mix of half-price airline tickets to keep planes in the air

Australia’s airlines package’s mix of half-price airline tickets to keep planes in the air

क्याबेरा । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा  सफलता पाएको अस्ट्रेलियाले कोभिड खोप वितरण संगै देशको अर्थतन्त्र उकास्न पर्यटन प्रवर्द्धनको योजना अघि सारेको छ ।

कोरोना भाइरस महामारिका कारण ओरालो लागेको  अर्थतन्त्रलाई उकास्न उसको यो योजनाले देशको अर्थतन्त्रमा सहयोग पुग्ने आकंलन गरिएको छ भने थुप्रै रोजगारका अवसर  खुल्ने  भन्दै  ब्यवासायी उत्साहित भएका छन् ।

सरकारले क्वान्टस, भर्जीन  अस्ट्रेलिया र जेटस्टार एयर लाइन्सका आठ लाख  टिकटहरुमा यात्रुहरुलाई छुट दिने घोषणा गरेको छ ।

पहिलो योजना  अन्तर्गत अप्रिल देखि  जुलाइ महिना सम्म  आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने सरकारी कार्यक्रम रहेको छ । देशका विभिन्न १३ ठाँउका लागि यात्रुहरुले टिकटमा  छुट पाउने  भएका हुन् ।

१३ ठाँउ मध्ये तास्मानियाका तीन शहर

सरकारले टिकट छुट दिएका गन्तब्यहरुमा तास्मानियाको  लनचेस्टन, डेभनपोर्ट ब्रुर्नि रहेका छन् ।

त्यस्तै गरी गोल्डकोष्ट, क्रेन्स, ह्वाईट सन्डेज, सनसाईनकोष्ट, लासेटर, उलारु, एलिसस्प्रिंग्स , एभालोन, मेरिम्बुला र कंगारु आईल्याण्ड छन् ।

तास्मानियाँको राज्य सरकारले मार्च देखि फेरीमा  आउने यात्रुरुका लागि कार ल्याउन निशुल्क गरिदिएको छ ।

केन्द्रीय सरकारको पर्यटन योजना र राज्य सरकारको फेरी मार्फत तास्मानिया आउने यात्रुलाइ कार ल्याउदा लाग्ने शुल्क फ्रि गरिदिएका कारण  यो जाडोयाममा आन्तरिक पर्यटक बढ्ने संम्भावना देखिएको छ ।