MENU

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

Newly-elected Mayor of Kathmandu Metropolitan City (KMC) Balendra Shah and Deputy Mayor Sunita Dangol have taken an oath of office and secrecy amidst a program in Kathmandu
Newly-elected Mayor of Kathmandu Metropolitan City (KMC) Balendra Shah and Deputy Mayor Sunita Dangol have taken an oath of office and secrecy amidst a program in Kathmandu

काठमाडौँ– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् ।

मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

Missing Tara Air plane found crashed in Mustang 
अस्ट्रेलियाको न्यु साउथ वेल्समा स्वैच्छिक मृत्यु सम्बन्धी कानुनलाई पारित