MENU

घट्यो नेपालको बजेट, निर्वाचनका लागि थप ४० अर्ब माग

चालु आर्थिक वर्षको नेपालको बजेटमा निर्वाचनका लागि १० अर्ब मात्रै व्यवस्था गरिएको भए पनि निर्वाचन घोषणा भएपछि ४० अर्ब बराबरको माग आएको छ ।

अर्थमनन्त्रालयमा बिहीबार आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनको लागी स्रोतको खोजी भइरहेको बताएका छन् ।

निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरु चापमा रहेको उनको भनाइ छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको छ ।

निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न सरकार लागिपरेको जानकारी दिँदै अर्थमन्त्रीले बजेटको जोहो गरिने र निर्वाचन समयमै सम्पन्न गरिने बताए ।

बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले पूर्णरूपमा बजेट खर्च नहुने उल्लेख गरे ।

कूल विनियोजित बजेटमध्ये १५ खर्ब ४६ अर्ब २८ करोड बराबरको खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीले प्रस्तुत गरेका छन् । जुन विनियोजित बजेटको ९४।७ प्रतिशत मात्रै हो ।

गत असोजमा प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले बजेटको आकार रु १६ खर्ब ३२ अर्ब बराबरको तय गरेका थिए ।