MENU

यात्रुहरुको माग भए अस्ट्रेलिया-काठमाडाैं थप चार्टर्ड उडान गर्न सकिने

The Nepal Airlines repatriation flight from Sydney to Kathmandu June 23

काठमाडौं । सरकारले नियमित उडान नभएका मुलुकबाट पिसिआर नेगेटिभ भएका यात्रुहरु नेपाल फर्कन चाहेमा थप चार्टर्ड उडान अनुमति दिने निर्णय गरेको छ ।

उपप्रधान, परराष्ट्र, पर्यटन र श्रम मन्त्रीहरुबीच  बिहीवार भएको छलफल पश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शवाट अन्तराष्ट्रिय उडानको संख्या थप गरिने निर्णय भएको हो । सरकारको निर्णयले अस्ट्रेलियाबाट नेपाल फर्कन चाहाने वाँकी यात्रुहरुका लागि थप सहज भएको छ ।

उक्त वैठकले पिसिआर नेगेटिभ भएका यात्रुमात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा सरकारले अनुमति दिने, कुनै पनि कम्पनीले आफ्नै खर्चमा कामदारहरुलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्रथामिकता राखेर उडान अनुमति दिने र श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसंग समन्वयनमा उडान गरिने निर्णय भएको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

यसैवीच नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको वेबिनारमा पर्यटनमन्त्री योगेश भट्टराईले विदेशमा रहेर नेपाल फर्कनै पर्ने तर पिसिआर नेगेटिभ भएका ३० हजार यात्रुहरु दैनिक आउने पाँउने जानकारी दिएका छन । यसअघि दैनिक आठ सयलाई मात्र नेपाल फर्कन अनुमित थियो ।

विश्वभरबाट हाल सम्म करिव ६० हजार नेपाली नागरिक स्वदेश फर्किसकेका छन भने अस्ट्रेलियाबाट एक हजार ९१ जना नेपाली स्वदेश फर्किसेका छन।