MENU

शपथ लिएको अढाइ महिनापछि गौतम राष्ट्रियसभा बैठकमा

नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य पदको शपथ लिएको अढाइ महिनापछि राष्ट्रियसभा बैठकमा सहभागी भएका छन्। उनी शुक्रबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सहभागी भएका हुन्।

नेकपाले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपछि सरकारले उनलाई मनोनस्तका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। १८ असारमा संसदको अधिवेशन अन्त्य भएपछि बैठक बस्न सकेको थिएन्।

सरकारको सिफारिसपछि गौतमलाई राष्ट्रपतिले १ असोजमा नियुक्त गरेकी थिइन्। २ असोज २०७७ मा उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले शपथ गराएका थिए।

२०७४ को निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई गतवर्ष १४ फागुनमै नेकपाले राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर, पार्टीभित्रको आन्तरिक विवादका कारण उनको निर्णय कार्यान्वयन भएको थिएन।

राष्ट्रियसभामा सिफारिस भएपछि गौतमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो। पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमका पक्षमा नै फैसला गरेको थियो।