MENU

अस्ट्रेलियामा एकै दिन कोरोनाबाट ८८ जनाको मृत्यु, कहाँ कतिले गुमाए ज्यान ?

COVID-19 Death in Nepal

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट ८८ जनाको मृत्यु भएको छ ।

आइतबार न्यू साउथ वेल्समा मात्रै ५२ जनाको कोभिड–१९ संक्रमणबाट निधन भएको बताइएको छ । भिक्टोरियामा २० जना, क्वीन्सल्याण्डमा १३ जनाले कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएका छन् ।

साउथ अस्ट्रेलियामा दुई जना र तास्मानियामा एक जनाको कोरोना संक्रमणको कारण निधन भएको बताइएको छ ।

आइतबार यसबाहेक अस्ट्रेलियाको अन्य क्षेत्रमा भने कोरोना संक्रमणको कारण मानिसको निधन भएको छैन् ।

पछिल्लो समय अस्ट्रेलियामा कोभिड–१९ को भेरियन्ट डेल्टा र ओमिक्रोन संक्रमण तीब्र बनेको छ ।

ओमिक्रोनको नयाँ प्रजाति पनि भेटिएपछि अस्ट्रेलियामा कोरोना संक्रामक दर बढ्ने चिन्ता थपिएको छ ।