MENU

४० हजार कोरोना संक्रमित थपिए, ७० जनाको निधन

अस्ट्रेलियामा बुधबार ४० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । अस्ट्रेलियामा कोभिड–१९ संक्रमितको संख्या बढिरहेको छ भने कोरोनाको कारण हुने मृत्यु पनि उल्लेख्यरूपमा छ ।

बुधबार अस्ट्रेलियामा कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भएको छ ।

न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको कोभिड–१९ संक्रमणको कारण निधन भएको छ ।

तथ्यांकअनुसार, तीन सय ७५ जनाको आइसियूमा उपचार भइरहेको छ ।