MENU

न्यूजिल्याण्डमा हट्यो आइसोलेशनमा बस्नुपर्ने नियम, वेस्टर्न अस्ट्रेलियामा भने कडा प्रावधान आउँदै

खोपको सबै डोज लगाएका अस्ट्रेलियाली यात्रुहरू न्युजिल्यान्ड जाँदा आइसोलेशनमा बस्नुनपर्ने भएको छ ।

मार्च २ तारिखको मध्यरातीबाट यस्तो नियम लागू भएको बताइएको छ ।

तर, यात्रुहरू न्यूजिल्यान्ड प्रवेश गरेको ५ वा ६ दिनमा भने अनिवार्य कोभिड–१९ परीक्षण गर्नुपर्ने नियम तोकिएको छ ।

अस्ट्रेलियाली नागरिक, तिनका सहयात्री, उनीहरुले हेरचाह गर्ने बालबालिका र अभिभावकसहित यूजिल्यान्ड जान पाउने यात्रुहरू असाध्यै थोरै छन् ।

यता वेस्टर्न अस्ट्रेलियाले ३ मार्चदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि थप कडा प्रतिबन्ध जारी गर्ने भएको छ । सोही दिनदेखि राज्यले आफ्नो सीमा पनि खोल्न लागेको छ ।

नयाँ प्रतिबन्ध अन्तर्गत कक्षा तीनदेखिका बालबालिकाहरूले मास्क लगाउनु पर्नेछ । घरभित्र १० जनासम्म भेला हुन पाउने छन्, भवन बाहिरका कार्यक्रममा ५०० जना र नाटक घर र सिनेमामा पूर्ण क्षमताको ५० प्रतिशत मानिसहरू उपस्थित हुन पाउने छन् ।