MENU

कोरोना अपडेट : कुन राज्यमा कति छन् संक्रमित ?

कोभिड–१९ संक्रमणको कारण न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्यान्डमा गरी सोमबार २२ जनाको निधन भएको छ । यो साता कोभिडको कारण निधन हुने यो सबैभन्दा कम संख्या हो ।

अहिले भिक्टोरियामा कोरोनाभाइरसको उपचारमा ४६५ जना अस्पतालमा छन् । जनवरी १७ मा यो संख्या एक हजार २२९ थियो ।

भिक्टोरियाली स्वास्थ्य विभागले दिएको जानकारी अनुसार बुस्टर खोप लगाएका मानिसहरूको तुलनामा खोप नलगाएका मानिसहरू आइसियुमा पुग्ने जोखिम ३४ गुना बढी हुन्छ ।

भिक्टोरियाले राज्यको स्वास्थ्य प्रणालीबाट ‘कोड ब्राउन’ प्रतिबन्ध हटेको छ । जनवरीमा ओमिक्रन सङ्क्रमण बढेपछि यो नियम करिब तीन हप्ता लागु भएको थियो ।

स्वास्थ्य मन्त्री मार्टिन फोलेले यस प्रतिबन्धलाई सुरक्षित रूपमा हटाइए तापनि अस्पतालहरू असाध्यै व्यस्त बताएका छन् ।

न्यु साउथ वेल्समा एक हजार ६४९ जना कोरोनाभाइरस संक्रमित अस्पतालमा उपचार गराइरहेका छन् । त्यसमध्ये १०० जना आइसियुमा छन् । पछिल्लो २४ घण्टे गणना अवधिमा राज्यमा ६ हजार १८४ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै १४ जनाको ज्यान गएको छ ।

भिक्टोरियामा ४६५ जना कोरोना संक्रमित अस्पतालमा उपचार गराइरहेका छन् । त्यसमध्ये ६६ जना आइसियुमा र १८ जनालाई भेन्टिलेटरमा राखिएको छ । ७ हजार १०४ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै २ जनाको ज्यान गएको बताइएको छ ।

क्वीन्सल्यान्डमा ३ हजार ७५० नयाँ सङ्क्रमित पुष्टि हुँदा ६ जनाको मृत्यु भएको छ । ५१४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ४१ जना आइसियुमा छन् ।

तास्मेनियामा ४०८ नयाँ सङ्क्रमण फेला परेका छन् । १२ जना अस्पतालमा छन् भने एक जनाको आइसियुमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि सङ्क्रमणका कारण मृत्यु नभएको बताइएको छ ।

अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा ३७५ नयाँ सङ्क्रमित फेला परेका छन् ।