MENU

अस्ट्रेलियाको मरुभूमि एलिस स्प्रिंग्समा मनाउने दशैंको मज्जानै बेग्लै (फाेटाे फिचर)

डार्विन । अस्ट्रेलियाको उत्तरी क्षेत्रको ग्रामिण शहर एलिस स्प्रिंग्सका नेपाली समुदायले यसबर्षको दशैं सदाझै रमाइलो गरी मानाईरहेका छन् ।

दशैंको अष्टमीसंगैं नेपाली समुदायहरुले पार्कमै भेला भएर दशैंको सुभकामना साटासाट तथा पार्टीका कार्यक्रमहरु गरिरहेका छन ।

नेप्लिज कम्युनिटी   एलिस स्प्रिंग्सको आयोजनामा  शनिबार टेलिग्राफ स्टेशनमा नेपालीहरु जम्मा भएर दशैंको सुभकामना आदानप्रदान गरिएको नेप्लिज कम्युनिटी  एलिस स्प्रिंग्सका अध्यक्ष राजन पौंडेलले जानकारी दिए ।

उक्त  सुभकामना आदानप्रदान कार्यक्रममा सो क्षेत्रमा बसोबासगर्ने ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी किरण रजक भन्छन  ”विगतमा मेलबर्नमा पनि बसियो तर, यहाँ नेपाली समुदायले मनाउने चाडबाडले नेपालकै सम्झना दिलायो ।”

यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरु एउटै परिवार जस्तै भएर बसेका छन त्यसैले नेपालकै झल्को दिने गरी चाडबाड मनाउदै आएको अध्यक्ष पौंडेल बताउछन । एलिस स्प्रिंग्समा करिव ३ सय नेपालीहरुको बसोवास रहेको  छ ।

स्थायी बसोवास (पीआर)को खोजिमा अस्ट्रेलियाका ठूला शहरबाट विगत  तीन बर्षतायता  एलिस स्प्रिंग्समा नेपालीहरु बसाईसर्नेक्रम बढेको हो ।

एलिस स्प्रिंग्स अस्ट्रेलियाको उत्तरी क्षेत्रको  ग्रामिण शहर हो, डार्विन र एडिलेड बीचमा रहेको  यो शहर दुबै ठाँउबाट  १५ सय  किलोमिटर टाढा छ । यो रेड सेन्टर अन्वेषणको लागि लोकप्रिय गेटवे हो र देशको भित्री मरुभूमि क्षेत्र।