डार्विन । नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीको आयोजना र राज्य सरकारको प्रायोजनमा शनिवार डार्विनमा दशैं महोत्सव सम्पन्न भएको छ ।
डार्विनको फिलिपिनो क्लवमा चार बजेबाट शुरू भएको दशैं महोत्सवमा स्थानीय कलाकारको प्रस्तुती, स्वादिष्ट नेपाली खाना, बच्चाहरुका लागि मनोरञ्नात्मक कार्यक्रम र नेपाली कला र संस्कृति झल्कने कार्यक्रमहरु भएका थिए । महोत्सवमा नर्दन टेरिटाेरीका नेपाली समुदायहरूकाे सहभागिता रहेकाे थियाे ।
भ्रमणमा रहेका अभिभावक र बच्चाहरुलाई नि:शुल्क थियाे भने एसोसिएसनका सदस्यहरुलाई पाँच, अन्यलाई १५ र डोरसेल टिकटको २० डलर प्रवेश शुल्क थियाे।
नर्दन टेरिटाेरीमा मात्र करिव ५ हजार नेपालीहरूको बसोवास रहेको अनुमान छ ।