MENU

डार्विनमा दशैं महोत्सव सम्पन्न

डार्विन । नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीको  आयोजना र राज्य सरकारको  प्रायोजनमा शनिवार डार्विनमा दशैं महोत्सव सम्पन्न भएको छ ।

डार्विनको फिलिपिनो क्लवमा चार बजेबाट शुरू भएको  दशैं महोत्सवमा स्थानीय कलाकारको प्रस्तुती, स्वादिष्ट नेपाली खाना, बच्चाहरुका लागि मनोरञ्नात्मक कार्यक्रम र नेपाली कला र  संस्कृति   झल्कने कार्यक्रमहरु  भएका थिए ।  महोत्सवमा  नर्दन टेरिटाेरीका नेपाली समुदायहरूकाे सहभागिता रहेकाे थियाे ।

भ्रमणमा रहेका अभिभावक र बच्चाहरुलाई  नि:शुल्क थियाे भने  एसोसिएसनका सदस्यहरुलाई पाँच, अन्यलाई १५ र  डोरसेल टिकटको २० डलर प्रवेश शुल्क थियाे।

नर्दन टेरिटाेरीमा   मात्र करिव ५ हजार नेपालीहरूको बसोवास रहेको अनुमान छ ।