MENU

आइतबारदेखि अस्ट्रेलियाको समय एक घण्टा पछि सर्ने

आइतबार अर्थात इस्टरको दिनदेखि डेलाईट सेभिङको समाप्ती हुनेछ र समय एक घण्टा पछि सर्नेछ ।

यसको अर्थ अस्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया, तास्मानिया र एसीटीका वासिन्दाहरुले आफ्नो घडीको समय पुनः मिलाउनुपर्नेछ । तर वेस्टर्न  अस्ट्रेलिया, क्वीन्सल्याण्ड र नदर्न टेरिटरीमा भने डेलाईट सेभिङको कुनै असर पर्नेछैन ।

कुन समयदेखि यो अन्त्य हुनेछ ?

डेलाईट सेभिङ आधिकारीक रुपमा आइतबार विहान ३ बजे समाप्त हुनेछ अर्थात सो समयमा घडीको समयलाई एक घण्टा घटाएर २ बजे बनाउनु पर्नेछ । आधुनिक डिजिटल उपकरणहरुको समय स्वचालित रुपमा परिवर्तन भएपनि पुराना उपकरणहरुको समय भने मिलाउनु पर्ने हुन्छ ।

डेलाईट सेभिङको अन्त्य यस वर्ष विशेष अवसरमा आएको छ जसले गर्दा इस्टरको विदालाई बढाएको छ भने मानिसहरुले एक घण्टा थप सुत्ने समय पाउनेछन् ।

यो पुन कहिले सुरु हुनेछ ?

डेलाईट सेभिङ अस्टोवर ३ आइतबारबाट पुन सुरु हुनेछ । अर्थात आगामी ६ महिनापछि समय पुन परिवर्तन हुनेछ ।

डेलाईट सेभिङ किन ?

अस्ट्रेलियामा सन् १९७१ देखि डेलाईट सेभिङको सुरुवात भएको हो । यसलाई सुरुमा एक युद्धको समयमा इन्धन बचत गर्ने उपाएको रुपमा सन् १९१७ केही समयमा लागि अघि सारिएको थियो र त्यसपछि पुन सन् १९४२—४४ मा लागू गरिएको थियो । त्यस बेलादेखि वेस्टर्न अस्ट्रेलियाले डेलाईट सेभिङलाई पटक पटक लागू गर्ने तथा यसका लागि चारपटकसम्म जनमत संग्रह गरिसकेको छ भने क्वीन्सल्याण्डले सन् १९९२ मै जनमत संग्रहबाट यसलाई बहिस्कार गरिसकेको छ ।

यता नदर्न टेरिटरीले भने दोस्रो विश्वयुद्धपछि नै यसको लागि कुनै प्रयास गरेको छैन र यसमा खासै चासो देखाएको छैन् ।