MENU

रामेछापका दिपकको अस्ट्रेलियामा कृषि क्रान्तिः ५० हजार लगानी मिलियन डलर कारोबार

Chhatra Shankar
Editor at Nepalese Australian

एडिलेड । संसारभरका मानिसहरुको संगम स्थल तथा विश्वको बहुसाँस्कृतिक अनि सपनाको देश अस्ट्रेलिया। यहाँ आएका हरेक मानिसको आफ्नै छ कथा आफ्नै छ ब्यथा । त्यसैले कतिपय मानिसहरुले यहाँ आएपछि वा देशमै हुँदा हरेक सपना बुनेका हुन्छन् । कपियको, अस्ट्रेलिया आएपछि मात्र योजना बन्छ भने धेरै मानिसहरु योजना बनाएरै प्रदेसिएका हुन्छन ।

सपनालाई विपनामा परिणत गर्न साउथ अस्ट्रेलियाको कृषि फार्ममा भेटिएका रामेछापका दिपक लामा घिसिङ भन्छन ”अस्ट्रेलियामा तपाँईलाई मन लागेको काम गर्नुहोस र निरन्तरता दिनुहोस सफलताको सिडी उक्लैदै जानुहुन्छ ।”

को हुन दिपक

रामेछापको खाँडादेवि गाँउपालिकामा जन्मिएका ३६ बर्षिय दिपक २००९ सालमा अध्ययनकै लागि अस्ट्रेलिया टेक्दा २५ बर्षका थिए । खाँडा देवीको बेसीमा बुबाआमाले खेतिमा काम गर्दा गर्दै हुर्किएका दिपक अस्ट्रेलिया आएपछि पनि उनलाई बेसी खेतको लहलहाउदो धान, आलु र कोदोले सम्झाइ रह्यो ।

कृषिमा मोह भएकैले हुनुपर्छ उनले अस्ट्रेलिया आएपछि बागवानी बिषयमा अध्ययन गर्न थाले । बाल्यकाल देखिनै उनी कृषिमै रुची राख्ने भएकाले अस्ट्रेलिया आएपछि पनि कृषि फार्महरुमै काम खोजे, नभन्दै उनलाई काम पाउन शुरुका दिनमा त्यति गाह्रो भएन् ।

Deepak Ghising

उनले आएको केही दिनमै कृषि फार्ममै काम पाए । जव उनले कामपाए फार्मको ब्यवस्थापन देखि उत्पादनको बजार सम्म बुझ्न थाले। फार्मकै कामको दौरानमा उनले २०११ देखि फुड एण्ड भेजिटेवल सप्लाइको कामगर्ने थाले । तीन बर्षको दौरानमा फार्मको काम देखि सप्लाई बजार सबै बुझिसकेका थिए । यहीबीचमा २०१२ मा कृषि फार्मलेनै स्पोन्सर गर्ये र उनी अस्ट्रेलियाको स्थायी बासिन्दा बने ।

फार्ममा ५० हजार लगानी ३ मिलियन कारोबार

फुड सप्लाइ गर्दा गर्दै दिपक कृषिमा फार्ममा काम गरेको चार पाँच बर्षपछि आफै कृषि फार्मका मालिक बने । पाँच बर्षको बीचमा उत्पादन देखि बजार सम्म बुझे पछि ५० हजारको लगानीमा एडिलेड सिटीबाट ३० किलोमिटरमा रहेको भर्जिनियमा १८ एक्कड जमिनमा कृषि फार्म शुरु गरे ।

दिपक भन्छन, “मैले उ बेला पचास हजार लगानी गरे अहिले बार्षिक ३ मिलियन डलरको कारोवार हुन्छ।” उनले फार्ममा दैनिक १२/१५ जना कामदारलाई रोजगारी दिएका छन ।

उनी आफैपनि बिहान सवेर देखि राति अवेर सम्म फार्ममै हुन्छन् । आईतवार बाहेक कृषिको कामगर्दा गर्दै उनलाई खान बस्नकै टुगो हुँदैन । कृषकको छोरो परदेशमा कृषि काममै रमाउन पाउदा क्षण क्षणमा खुशी हुन्छु उनी फार्ममा काम गार्दा गर्दै आफ्नो अनुभव सुनाउँछन् । अहिले उनको फार्ममा रहर नै लाग्ने गरी धनीयाँ, साग, प्याज, जुकिनी फर्सि र खुर्सानी लटरम्म फलेका छन् ।

Vegetable Farm South Australia Managed By Nepalese Farmer

सेमी अर्गानीक कृषि फार्म

यही लहलाउदो कृषि फार्ममा दिपकको दैनिकी वित्ने गर्छ । उनी भन्छन ”मेरो कृषि फार्ममा नेपाली स्वादका साग सब्जीहरु पाईने गरेकाले अन्य फार्महरु भन्दा अलिक फरक छ ।” त्यसैले बजारमा दिपकको कृषि फार्मको उत्पादनको माग बढ्दो छ ।

बजारमा बेच्न सजिलो होस भनेर “बन्चलाइन” मुठा पारेर बेच्न सकिने खालका उत्पादन गर्न मिल्लने कृषि फार्मको शुरुवात गरेको दिपको भनाई छ । मेरो कृषि फार्म सेमी अर्गानिक हो, दिपक भन्छन ”केमिकल फर्टिलाईजेसन कमगर्ने र कप्पोष्ट मल बढी प्रयोग गर्यो भने नेपाली स्टाईलको हरियो सागसब्जी उत्पदन हुन्छ ।”

रायोको साग त नेपालकै स्वाद दिने खालको छ दिपको कृषि फार्ममा । दिपकले रायोको सागको बिउ मात्र दशबर्ष पुग्ने जर्गेना गरिसकेका छन् ।

दिपकको सुझाव

अस्ट्रेलियाको कृषिमा लगानी र मेहेनत गर्दा घाट हुँदैन । तै पनि सबैले कृषि फार्मनै गर्नुपर्छ त भन्दिन तर आफूले गरेको काममा विश्व्सा गरौ र मनलागेको काममा निरन्तर लागियो भने जिन्दगीमा एकपटक सफलता मिल्छ ।यदी आफू प्रति आफैलाई विश्वास भएन भने अस्ट्रेलियाको जिन्दगी ट्रायल एण्ड इररमै बित्छ ।