MENU

डब्बो नेप्लिज कम्युनिटी अस्ट्रेलियाको अध्यक्षमा सुनिल भण्डारी

Dubbo Nepalese Community Australia
Newly elected executive committee of Dubbo Nepalese Community Australia (DNCA)

डब्बो । न्यू साउथ वेल्स राज्यको ग्रामिण शहर डब्बोमा बसोवास गर्ने नेपालीहरूको संस्था डब्बो नेप्लिज कम्युनिटी अस्ट्रेलिया (डिएनसीए)को गएको जुन २७ मा भएको बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बार्षिक साधारण सभाले सुनिल भण्डारीको अध्यक्षता १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

डिएनसीएको सचिब ज्योति कार्की, कोषाध्यक्ष, शाइनी श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा दीपेन्द्र सापकोटा, प्रेम दाहाल, एनी श्रेष्ठ, प्रदीप ज्ञवाली, डुकेम पुन, बिशेष श्रेष्ठ, प्रवीण आचार्य, सफल पोख्रेल, शास्वत न्यौपाने, राजीव भट्टराई रहेका छन् । यस्तै सल्लाहाकारहरूमा सुनिल थापा, बिकेन्द्र अधिकारी, बाल चन्द्र श्रेष्ठ र सन्जिव श्रेष्ठ रहेका छन् ।

नवनिर्वतमान अध्यक्ष भण्डारीले नेप्लिज अस्ट्रेलियनसँग भने, “डब्बोमा नेपालीहरुको पहिचानलाई अस्ट्रेलियन तथा बहुसांस्कृतिक समुदायमा चिनाउन डिएनसीए सक्रिय रहेको छ ।”

डिएनसीएले नेपालीहरूको बसोवासका लागि सहयोग गर्ने, नेपाली कला संस्कृति र पिहचान जोगाइराख्न चाडपर्व मनाउन तथा रोजगारी र अन्य अवसरको बारेमा नियमित छलफल गर्ने बण्डारीले जानकारी दिए ।

डब्बोमा करिवा पाँच सय भन्दा बढी नेपालीहरुको बसोवास छ भने पछिल्लो समय यहाँ अन्य राज्यबाट बसाईसरेर आउनेक्रम बढ्दो छ ।

डब्बो क्षेत्र स्कुल छुट्टीहरुमा भ्रमण गर्नका लागि उत्तम ठाँउ मानिन्छ । अस्ट्रेलियाकै सबै भन्दा ठूलो तारोन्गा चिडियाखाना डब्वोमै रहेको छ ।

यो पनि पढ्नुहाेस् ।

क्यानबेराका नेपाली खेलाडीले गरे रक्तदान