MENU

क्वाइडन बेयल्स: बुलिङ्गका कारण ‘मृत्यु’ रोज्न चाहेका ९ वर्षे बालक

ब्रिसवेन । अस्ट्रेलियाका क्वाइडन बेयल्समाथि स्कूलमा भएको बुलिङ्ग (भयभित गराउने वा सताउने) बिषय अहिले विश्वव्यापी भएको छ ।

होचो कदका ९ वर्षका क्वाइडन बेयल्समाथि उनको शारीरिक अवस्थालाई लिएर बुली भएको हो । अस्ट्रेलियन अदिवासी पहिचान भएका बेयल्स क्विन्सल्याण्ड बासीहुन । बुलिङ्ग कारण उनमा गम्भीर आघात परेको छ ।

क्वाइडन रोइरहेको भिडियो उनकी आमा याराका बेयल्सले अनलाइनमा पोस्ट गरेको भिडियो भाइरल भएको छ । सो भिडियो क्लिप विश्वव्यापी रुपमा दशौँ लाखपटक हेरिएको छ ।

क्वाइडनमाथि उनको शारीरिक स्वरुपकै कारण बुली भएको हो । उनी सामान्य भन्दा सानो कदका छन् वा उनको उचाई सामान्य भन्दा कम छ । उनमा ड्वारफिजम भनिने मेडिकल कन्डिसन रहेको छ ।

याराकाले भिडियोमा भनेकी छन्, ‘बुलिङ्गले यस्तो गर्छ।’ भिडियोमा रोइरहेका उनका छोरा क्वाइडनले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् ।

भिडियो भाइरल भएसँगै क्वाइडनको पक्षमा सेलिब्रेटीसहित विश्वव्यापीमा रुपमा मानिसहरु उभिएका छन् । उनलाई डिज्नील्याण्ड पठाउनका लागि सहयोग संकलन गर्न थालिएको अभियानले तोकिएको भन्दा धेरै गुणा बढी रकम संकलन गरेको छ।

अमेरिकी कमेडियन ब्राड विलियम्सले क्वाइडनलाई डिज्नील्याण्ड पठाउनका लागि रकम संकलन गर्न सो पेज सुरु गरेका हुन् ।

राष्ट्रिय रग्बी लिगको इन्डिजिनियस अल स्टार टिमले क्वाइडनलाई माओरी अल स्टारसँगको खेलमा आफ्नो टिम मैदान प्रवेश गर्ने बेला नेतृत्व गर्ने अवसर पाएका थिए ।

GOLD COAST, AUSTRALIA – FEBRUARY 22: during the NRL match between the Indigenous All-Stars and the New Zealand Maori Kiwis All-Stars at Cbus Super Stadium on February 22, 2020 on the Gold Coast, Australia. (Photo by Jason McCawley/Getty Images)

पत्रकार सम्मेलनमा क्वाइडनकी आमा याराकाले आफ्नो छोराले भोगेको हृदयविदारक अनुभवले बुलिङ्गको प्रभाव कस्तो हुन्छ र यसविरुद्ध लाग्नु पर्छ भन्नेमा सचेतना जगाएको आश गरेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘हामीले बुलीकै कारण धेरै मानिसहरुलाई गुमाएका छौँ । विभेदका कारण गुमाएका छौँ । रंगभेदका कारण गुमाएका छौँ । बुलिङ्गका धेरै पक्षहरु छन् ।’ उनले अघि भनेकी छन्, ‘हरेक अभिभावकको सबैभन्दा भयानक भय हो, सन्तान गुमाउने डर । मैले त्यो भय हरेक दिन भोग्नु परेको छ ।

याराकाले आफ्नो छोरा क्वाइडनमाथि भएको बुलीका बारेमा भनिन्, ‘त्यो भन्दा पनि भयानक, असामान्य र शारीरिक रुपमा फरक वा अपांगता भएको अवस्थामा समस्या थप जटिल बन्छ र मानिसहरुले त्यो बुझेका छैनन् । रंगभेद छ र यहाँ अपांगता भएकै कारण विभेद छ ।

If you or someone you know needs support for issues around this story, in Australia you can contact Lifeline on 13 11 14, Beyond Blue on 1300 224 636 and Kids Helpline Australia 1800 55 1800