MENU

खेलकुद क्लवको प्रोत्साहनमा होबार्टका व्यवसायी, प्रवर्द्धनमा खेलाडी

तास्मानिया ।  होबार्टमा सक्रिय फुटबल टिम मार्फा एफसी होबार्टलाई तास्मानियाको खेलकुद क्षेत्रमा अझ स्थापित र प्रोत्साहित गर्ने उद्देश्यले  एस स्टडिज र गोर्खा फेसनले खेलाडीहरूलाई जर्सी वितरण गरेको छ ।
सोमबार एक विशेष कार्यक्रमका बिच क्लबका खेडालीहरुलाई करिब ३० वटा जर्सी वितरण गरिएको एस स्टडिज होबार्ट र गोर्खा फेसनले जनाएको छ । उक्त कार्यक्रममा एस स्टडिज होबार्टका निर्देशक खगेन्द्र सत्याल र गोर्खा फेसनका निर्देशक उमेश सेन्चेउरीले  विभिन्न  समस्याका वावजुत पनि खेलकुदमा सक्रिय क्लबहरूलाई सामाजिक तथा शैक्षिक संघसस्थाहरुको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा गोर्खा फेसनका  श्री निर्देशक अधिकारीले तास्मानियाका खेलकुद क्लबहरूलाई आफूहरूले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चार महिना अघि दर्ता भएको मार्फा एफसी होवार्टले विभिन्न स्थानीय नेपाली क्लबहरूसँग खेलकुद गतिविधिहरू गिरहेको क्लबका अध्यक्ष प्रेम हुँमागाईले बताए । कार्यक्रमको सञ्चालन क्लबका पब्लिक अफिसर विशाल सुब्बाले गरेका थिए । क्लबमा ४० भन्दा बढी सदस्य रहेका छन् भने टिम क्याप्टेन सुदिप चाम्लिङ राई हुन ।
क्लबका सचिव प्रमोद जङ्ग शाहले होवार्टमा पहिलो नेपाली फुटबल क्लब भएको दाबी गर्दै  जर्सी वितरणले  क्लबका खेलाडीलाई हौसल्ला मिल्नुका साथै नेपाली व्यवसायको प्रवर्द्धन हुने बताए । क्लबले यस अघि स्थानीय सरकारी संस्था मार्फत खेलकुद सामाग्री खरिदका लागि तीन हजार डलर सहयोग प्राप्त गरिसकेको छ ।  तास्मानियामा नेपाली खेलकुद मार्फत समुदाय र युवाहरुलाई सङ्गठित बनाउनु क्लबको उद्देश्य भएको सल्लाहकार रोविन पौडेलले बताए ।