MENU

फिजीमा नेपालीहरुको धुमधाम दशैं (फाेटाे फिचर)

FIJI Nepalese Community Celebrate Dashain Festival
FIJI Nepalese Community Celebrate Dashain Festival

सुभा । प्रसान्त महासागरकाे टापु देश फिजीमा रहेका नेपालीहरुले भब्यताकासाथ दशैं मनाएका छन् ।

हाल फिजीमा बिभिन्न अन्तराष्ट्रिय निकायहरुमा कार्यरत नेपालीहरु र एक सय ५० बर्ष भन्दा अघिदेखि फिजीमा स्थायी बसोवास गरिरहेका नेपाली मुलका फिजीयनहरुको पछिल्लो पुस्ताले सामुहिक रुपमा शनिबार ३१ अक्टोबरमा दशैं मनाएका हुन ।

फिजीमा रहेर युनिभर्सल पिस फेडरेसनमा कार्यरतर सन्तोश न्यौपानेका अनुसार दशैं मनाउन फिजीको राजधानी सुभाबाट सात नेपाली परिवार नेपाली मुलका फिजीएनहरु भएको गाउँमा तिन घण्टा यात्रा गरेर पुगेका थिए ।

Santosh Neupane -Fiji

फिजीको कावानागासु गाउँमा आयोजित भब्य दशैं शुभकामना तथा सह्भोज कार्यक्रममा सहभागी नेपालीहरुलाई फिजीएन नेपालीहरुले स्थानिय फुलका माला तथा सेतो रङ लगाइ दिएका स्वागत गरेका थिए ।

झण्डै तिन घण्टा चलेको दशै कार्यक्रममा नेपाली गीत संगितमा नाचगान र दशै परिकार तथा दशैंका टिका लगाईएको थियो । कार्यक्रममा नेपाली मुलका फिजीयनहरुको पुस्ताको बारेमा धेरै जिज्ञासा राखेको न्यौपाने बताउँछन् ।

Nepalese celebrate Dashain Festival in FIJI
Nepalese celebrate Dashain Festival in FIJI

स्थानिय फिजीएन भोजनमा रमाएका नेपालीहरुले डेड सय बर्ष अघि आएका नेपालीहरुका पछिलो पुस्ताले नेपाल नबिर्सिएकामा आफुहरु निकै हर्शित भएको बताए ।

सुभाबाट कावानागासु पुगेका सन्तोश न्यौपानेले भने, हामीलाइ निकै माया र सद्भावना दिने फिजीयन नेपालीलाई हाम्रो सम्मान छ ।

फिजिमा नेपाली पाइला

सन् १८७९ मे १५  मा कलकत्ताबाट फिजिको शुभा पुगेको पहिलो जहाज ‘लियोनिदास’  ले नेपाली पाइलालाई फिजी टापुमा पुर्याएको थियो । ४६३ जना यात्रु बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पुर्याईेको थियो ।

यो पहिलो जहाजमा कति नेपाली थिए त्यसको कुनै तथ्यंङ्क  भेटिंदैन तर सिङाटोकाका एक नेपाली  भन्छन् ‘हरेक जहाजमा ४०-५० जना देखि १ सय सम्मको संख्यामा नेपालीहरू रहेको हामीहरूले सुन्दै आएका छौं ।

सन् १८७९ देखि १९१६ सम्म भारतबाट फिजी पुगेका कुल ८७ जहाजमा नेपाली कती पुगेका थिए भन्ने एकिन छैन तर त्यो सख्या ५ हजार भन्दा काम नभएको अनुमान छ ।

Nepalese in Fiji

हाल यो संख्या विस्तारित भएर १० हजारको हारहारिमा पुगेको इनसाइकोपिडिया ले उल्लेख गरेको छ । फिजिको ठुलो टापु ‘मेन्ल्यान्ड ‘ भीती लेभु ‘ र ‘भाउनुवा लेभु’ अन्तर्गतका सिङाटोका रलम्बासामा नेपालीहरूका तेस्रो पुस्ता भेट्न सकिन्छ । राइ, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तमाङ लगायतका थर भएका नेपालीहरू भेटिने सो ईलाकामा नेपाली बोल्ने नेपाली भने कोहि पनि भेटिन्न्न ।

उनिहरूको चुलामा अझै गुन्द्रुक, सेल, ढिंडो,  नेपाली, परीकार पाक्छ, भेष भुषामा अझै टोपी लगाउंछन् , चाड पर्वमा दषैं तिहार, मनाउंछन् । अनुहार हेर्दा नेपाली छ तर कुरा गर्न थाल्यो उनिहरूको भाषा पुरै हिन्दी र अङग्रेजी मात्र छ ।

करिव एक सय पचास वर्षको ईतिहास नेपालीहरूको फिजिमा  छ तर यो समुदायको प्रवर्द्दनमा न त फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो “फिजी नेपाली अशोसिएशनका महासचिव विजेन्द्र सिंह गुनासो गर्छन् ।”

Nepalese celebrate Dashain Festival in FIJI

Nepalese celebrate Dashain Festival in FIJI