MENU

अविरल वर्षापछि सिड्नीमा एकजनाको मृत्यु; हजारौंलाई सुरक्षित स्थानमा सर्न सुझाव

Heavy rainfall and flooding emergency in Sydney, A man has died after being pulled from flooding Parramatta River in Sydney on Sunday.
Heavy rainfall and flooding emergency in Sydney

सिड्नी । बिगत केही दिनदेखिको अविरल बर्षाका कारण अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नी लगाएतका बिभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । राज्यका नेपियन, हक्वरी, जर्जेज रिभरमा पानीको बहाव खतराको लेभल भन्दा माथि पुगेको छ । यस्तै पश्चिम सिड्नी बर्षा र बाढीका कारण मानव बस्ति डुवानमा परेका छन् ।

बाढी बस्तीमा पसेका कारण ३० हजार भन्दा बढी मानिसहरुलाई सुरुक्षित स्थानमा सर्न सरकारले सुझाव दिएको छ। पश्चिम सिड्नीमा आएको बाढीको कारण केही स्थानको सडक सम्पर्क टुटेको छ।

सिड्नीको पारामाटा रिभरमा बाढीमा परी एकजनाको मृत्यु भएको छ भने १८ जनाको उद्धार गरिएको छ। न्यु साउथ वेल्सकी आपतकालीन सेवा मन्त्री स्टेफाइन कुकले अहिले प्राणघातक आपतकालीन अवस्था उत्पन्न भएको बताएकी छिन्।

Heavy rainfall and flooding emergency in Sydney. Surf lifesavers are out assisting SES Penrith to evacuate flood affected residents. Photo: Surf Life Saving NSW
Heavy rainfall and flooding emergency in Sydney. Surf lifesavers are out assisting SES Penrith to evacuate flood affected residents. Photo: Surf Life Saving NSW

गत मार्च महिनामा पनि अष्ट्रेलिया बाढीको चपेटामा परेको थियो। त्यतिबेला बाढीको कारण २० जना मानिसको मृत्यु भएको थियो। जसमध्ये धेरैजसो मृत्यु न्यु साउथ वेल्समा भएको थियो।

वर्षा जारी रहेको र सिड्नीमा खानेपानी र बढी नियन्त्रका लागि बनाईएको वारागाम्बा ड्याम पनि भरिएर जाने अवस्थामा रहेकाले मानिसहरुलाई छोटो सूचनाको आधारमा सुरक्षित स्थानमा सर्न तयार भएर रहन स्टेफाइनले सुझाव दिएकी छिन्।

पछिल्लो २४ घण्टामा मात्र समग्रमा ८३ जना मानिसको उद्धार गरिएको उनको भनाइ छ। स्टेफाइनले आवश्यक कामका लागि मात्र यात्रामा जान पनि मानिसहरुसँग आग्रह गरेकी छिन्।

सहयोगका लागि निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ ।

For flooding emergency, storms, and tsunamis 132 500

For life-threatening emergencies call 000

Visit http://ses.nsw.gov.au

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा पाँच बर्षमा नेपालीकाे जनसंख्या देब्बर