MENU

गैरआवासीय नेपाली पत्रकार महासंघ द्वारा अफगानिस्तानमा फसेका नेपालीहरुको उद्धार गर्न नेपाल सरकारलाई आग्रह

Forners  rush to leave Kabul Afghanistan

अस्ट्रेलिया ।  अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल सरकारले एक कार्यदल गठन गरेको समाचार आएको छ।  गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल सरकारको यो कदमलाई एक सकारात्मक शुरुवातको रुपमा लिन्छ।

महासंघका महासचिव  कृष्ण केसी द्वार जारी विज्ञप्तिमा भनिएको छ, ” नेपाल सरकारलाई कूटनीतिक संयन्त्र, राष्ट्र संघीय निकायहरु तथा छिमेकी मुलुकहरुसंग समेत समन्वय गरी हाल अफगानिस्तानमा रहेका नेपालीहरुमाथि सम्भाव्य जोखिमको लेखfजोखा गर्न र आवश्यक परे आपत्कालिन उद्धार गर्न समेत आग्रह गर्दछ।”

सुरक्षा तथा अन्य निकायमा गरी सैयौंको संख्यामा अफगानिस्तानमा नेपालीहरु रहेको अनुमान छ । संख्या जे जति भएता पनि उद्धार अहिलेको सबैभन्दा प्रमुख काम हो भन्ने हाम्रो ठम्याई छ।

पछिल्लो समाचार अनुसार अफगान राष्ट्रपति असरफ गनीले मुलुक छाडेका छन् र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको प्रयास भै रहेको छ।

त्यहाँ रहेका नेपालीहरुलाई तालिवान लडाकुहरुको कडाखाले नियन्त्रण, उनीहरुको योजना, भाषा र धेरै कुराबारे जानकारी नहुन सक्छ। नेपालीहरुको सुरक्षाको प्रत्याभूति गर्दै सुरक्षित रुपमा उद्धार गर्ने तर्फ छिटो भन्दा छिटो कदम चाल्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं, विज्ञप्तिमा उल्लेख छ ।