MENU

आगामी जनवरीदेखि अन्तर्राष्ट्रिय सीमा खोल्दै  न्युजिल्याण्ड

New Zealand would ease coronavirus border restrictions form November 2021
From January 16, 2022, fully vaccinated New Zealanders can return from Australia.

वेलिङ्टन । अस्ट्रेलियाको छिमेकी न्युजिल्याण्डले आगामी जनावारी देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने भएको छ ।

बुधबार राजधानी वेलिङ्टनमा सीमा खुल्ला गर्ने सम्बन्धी मार्गचित्र प्रस्तुत गर्दै कोभिड मामिला मन्त्री क्रिस हिप्किन्सले आगामी अप्रिल सम्ममा न्युजिल्याण्ड पूर्ण रुपमा खुल्ला हुने जानकारी दिए ।

मन्त्री  हिप्किन्सका अनुसार जनावरी १६ देखि पूर्ण खोप लगाएका न्युजिल्याण्डरहरु घरमै एक हप्ता लामो क्वारेन्टिन बस्ने गरी स्वदेश फर्कन सक्नेछन् ।

फेब्रवरी १३ देखि पूर्व खोपको मात्रा भएकाहरु देश बाहिर यात्रा गर्न सक्नेछन् ।

कोभिड–१९ को महामारी सुरु भएपछि न्युजिल्याण्डले निकै कडा प्रतिबन्ध लगाउँदै आएको छ। यो क्रममा पर्यटकलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ भने मुलुकमा बसोबास गर्दै आएका मानिसलाई सेनाले सञ्चालन गरेको होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइँदै आएको छ।

न्युजिल्याण्डले महामारीको समयमा सीमा प्रतिबन्ध लगाउँदै कोरोना संक्रमण शून्यमा झार्ने रणनीति अपनाएको थियो। गत अगष्टमा न्युजिल्याण्डमा प्रतिबन्धको बाबजुद कोरोना संक्रमण फैलिएसँगै कोरोना संक्रमण शून्यमा झार्ने रणनीतिमा नै प्रश्न उठेको थियो।

पछिल्लो समय न्युजिल्याण्डले कोरोना खोप अभियानलाई तीव्रता दिएको छ। न्युजिल्याण्डका कोरोना नियन्त्रण मन्त्रीले महामारीको समयमा सरकारले आफ्ना नागरिकलाई सकेसम्म सुरक्षित राखेको भन्दै अहिले यो कठिन निर्णय लिनुपरेको बताएका छन्।

यद्यपि लामो समयसम्म परिवारहरुलाई एकअर्कासँग छुटाएर राख्नु उचित नहुने भन्दै सीमा खोल्ने निर्णयमा पुगेको उनको भनाइ छ।

यो पनि पढ्नुहाेस् ।

डिसेम्बर १ देखि अन्तराष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलिया प्रवेश खुला