MENU

डिसेम्बर १ देखि अन्तराष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलिया प्रवेश खुला

Australian Prime Minister Scott Morrison
Australian Prime Minister Scott Morrison announces plans to reopen its international border next month (from early December 2021) for students

सिड्नी । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि रोकिएका विद्यार्थीलाई अष्ट्रेलियाले डिसेम्बरदेखि ल्याउने भएको छ।

प्रधानमन्त्री स्कट मोरिसनले सोमबार लामो समयदेखि कोभिड-१९ महामारीका कारण रोकिएका विद्यार्थीलाई डिसेम्बर १ देखि ल्याउने तयारी गरिएको जानकारी दिए।

पहिलाे चरणामा जापान र कोरियाका तोकिएका खोपको पूर्ण मात्रा प्राप्त पूरा गरेका विद्यार्थीहरूले अष्ट्रेलिया आउन पाउने भएका छन् ।

अष्ट्रेलियाको अर्थतन्त्र विकासका लागि पनि विद्यार्थीको आवश्यक भएको बताउंदै प्रधानमन्त्री मोरिसनले स्वागतका लागि तयारी रहेको जनाएका छन्।

अष्ट्रेलियाले महामारी फैलिएपछि मार्च, २०१९ बाट प्रतिबन्ध लगाएको थियो। तर, अब भने अष्ट्रेलिया आउने विद्यार्थीले तोकिएका खोपको पूर्ण मात्रा प्राप्त गरेमा अष्ट्रेलियामा प्रवेश पाउने छन्।

अष्ट्रेलियाले अस्ट्राजेनेका, फाइजर, जोन्सन एन्ड जोन्सन, मोडर्ना र भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ।

क्वारेन्टाइन बस्न नपर्ने

यति मात्र नभई यसअघि लगाइएको अनिवार्य क्वारेन्टाइन बस्न पर्ने नियम पनि हट्ने भएको छ। यद्यपी राज्य अनुसार क्वारेन्टिनको नियम भने फरक हुनसक्नेछ।

करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्।