सिड्नी । “ दशैमा खुसी प्रदान गर्न हामीलाई सहयोग गर्नुहोस” यही नाराका साथ न्यानोपन नेपालले सुरुवात गरेको “ह्यापिनेश किट” कार्यक्रमका लागि अस्ट्रेलियामा पनि आर्थिक अभियान शुरु गरिएको छ ।
न्यानोपन नेपालले शुरुवात गरेको यो कार्यक्रम मार्फत उठेको सहयोगले दृष्टिविहीन बालबालिकाहरुलाई किटमा पोषिलो र स्वच्छ खाना, शैक्षिक खेल सामाग्री सहित उपलब्ध गराइने अस्ट्रेलियाका अनिश सापकोटाले जानकारी दिए ।
ह्यापिनेश किटका लागि दुई हजार रुपैंयाँ सहयोग गरि तपाँई यस कार्यमा सरिक हुन सक्नुहुन्छ सापकोटाले भने ‘दृष्टिविहीन बालबालिकाको पोषण र पालनपोषणमा तपाँईहरुले दिएको रकम सदुपयोग गरि लक्ष्तित बालबालिकाहरुलाई दशौंमा खुशी पार्ने छौं ।’
यस कार्यक्रमको सुरुवाती चरणमा काठमाडौका करिब २ सय दृष्टिविहिन बालबालिकासम्म पुग्ने लक्ष्य राखिएको छ । यो कार्यक्रम चरणवद्धरुपमा सामुदायिक विद्यालयका बालबालिकासम्म पुग्ने न्यानोपन नेपालले जनाएको छ ।
ह्यापिनेश किट भित्र दृष्टिविहनीन बालबालिकाहरुको लागि पोषण तथा कोभिड प्रतिरक्षाका लागि चना, च्यूरा, दाल, सातु, सुजी, बदाम, सोय नगेट्स, साबुन, डिसपोज गर्न मिल्ने फेस मास्क, स्यानिटाइजर र स्वच्छ न्यापकिन रहनेछन् । साथै शैक्षिक र रमाईलाको लागि खेलसामाग्री पनि उपलब्ध हुनेछन् ।
न्यानोपन नेपाल एक गैरनाफामूलक संस्था हो जसलाई क्याप्टेन विजय लामाले वि. स. २०७२ मा दृष्टिविहिन तथा विपन्न व्यक्तिहरुलाई अवसर, शिक्षा, सहयोग, स्याहार र माया बाड्दै देशलाई सहयोग गर्ने उदेश्यले स्थापना गरेका हुन् ।
द दिपेश शो, न्यानोपन तथा एभरेस्ट मःमः अस्ट्रेलियाको सहयोगमा कोभिड—१९ सुरक्षित कार्यक्रम आयोजना गरि कोभिड—१९ पीडितहरुका लागि आर्थिक सहयोग संकलन गरेको थियो । न्यानोपनलाई नेपालमा विपन्न तथा कमजोर मानिसहरु, खासगरी कोभिड—१९ बाट प्रभावितलाई सहयोग गर्ने महान कार्यका लागि आर्थिक सहयोग संकलन गर्दै आएको छ ।
‘संगै, जीवन परिवर्तन गरौ । कृपया उदारतापूर्वक सहयोग गर्नुहोस ।’ तपाईको सहयोगका लागि अग्रिम धन्यवाद दिन्छौं सस्थाका अध्यक्ष बिजय लामाले भनेका छन् ।
Sanima Bank
Branch: Budhanilkantha
A/C Name:- Nyanopan
A/C no:- 046010010000360
न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनद्धारा राजिनामा