MENU

न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनद्धारा राजिनामा

 NSW Premier Gladys Berejiklian
NSW Premier Gladys Berejiklian resigns

सिड्नी ।  न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनले पदबाट राजिनामा दिएकी छन् ।

शुक्रबार पत्रकार सम्मेलमा बोल्दै इन्डिपेन्डेन्ट कमिसन अगेन्ट करप्सन इन्भेस्टिगेसन (आइसीएसी)को अनुसन्धानले उनी माथी लगाएको आरोपकको छानबिन गर्न सहज होस भनेर राजिनामा गरिएको बताइन ।

अर्को प्रिमियरको छनोट भएपछि पदबाट हट्ने र उपचुनाब पछि संसद पदबाट पनि राजिनामा दिने पत्रकार सम्मेलनमा बताइन ।

“एन एस डब्लु सरकारको एक नेताको रूपमा,मैले आफु र मेरा सहकर्मीहरुको उच्च मापदण्डको अपेक्षा गरेको छु र धेरै अवसरहरुमा यो स्पष्ट गरेको छु कि यदि मेरा कुनै मन्त्रीहरु कानून प्रवर्तन निकायद्वारा छानबिन भए आरोपको निर्णय नभएसम्म अलग बस्नु पर्छ।” प्रिमियर ग्लेडिसले बताइन ।

आइसीएसी ले एक बक्तब्य जारी गर्दै प्रिमियर ग्लेडिस बेरेजिक्लियनको पूर्व साम्सद डेरिल मागुइरे सँगको गोप्य सम्बन्धको बारेम छानबिन गरिने बताएको थियो ।

आइसीएसीले आउने अक्टोबर १८ मा प्रिमियर ग्लेडिस बेरेजिक्लियनले पदको दुरुपयोग गरेको बारे छानबिन गर्न सार्बजनिक सुनवाई गर्दैछ ।

सन् २०२० मा आइसीएसीले गरेको सुनावाइमा प्रिमियर ग्लेडिस बेरेजिक्लियन पूर्व साम्सदसँगको गोप्य सम्बन्धको स्वीकारेकी थिइन ।

वागावागाबाट निर्वाचित पूर्व साम्सद मागुइरे ले २०१८मा भ्रस्टाचारको आरोप पछि संसदपबाट राजिनाम दिएका थिए ।

याे पनि पढ्नुहाेस ।

खोपको मात्रा ८० प्रतिसत पुगेपछि कोभिड-१९ डिजास्टर पेमेन्ट अन्त्य हुने