MENU

गुठी अस्ट्रेलियाको साधारण सभा सम्पन्न; अध्यक्षमा उमेश नापित निर्वाचित

Guthi Australia got a new executive committee under the leadership of Umesh Napit
Guthi Australia got a new executive committee under the leadership of Umesh Napit

सिड्नी । अस्ट्रेलियामा सक्रिय सामुदायिक संस्था गुठी अस्ट्रेलियाले पूर्व कोषाध्यक्ष उमेश नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ३० अप्रिलमा भएको साधारणसभाले नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सिड्नीमा नेपाली कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्दै आएको यो संस्थाको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बिश्वास श्रेष्ठ, महासचिव सुबिन श्रेष्ठ, कोषध्यक्ष अजय देशार र आईटी सहयोगमा जेनिश मास्के रहेका छन् ।

यसैगरी १५ जना कार्यसमिति सदस्यहरुमा श्याम सैंजु, आरती शाक्य, सिजन ताम्राकार, कुन्दन ताम्राकार, नरेश अवाल, प्रवेश डंगोल, संकल्प बज्राचार्य, आषिश मान सिंह, सुरज प्रधान, निभाज मास्के, आयनी श्रेष्ठ महर्जन, शर्मिला कायष्ठ, कृष्ण शाक्य, बुकेश महर्जन, राजिभ श्रेष्ठ र आभाष न्हुच्छे प्रधान रहेका छन् ।

साधारण सभामा निबर्तमान अध्यक्ष अनुप महर्जनले दुई बर्षे कार्यकालको प्रगति बिवरण पेश गरेका थिए । महर्जनले कार्यकाल सफल बनाउन सहयोग गर्ने पदाधिकारीहरु, गुठीयारहरु र समुदायका सदस्यहरु प्रति आभार ब्यक्त गर्दैै नयाँ कार्यसमितिलाई कार्य सफलताको लागि शुभकामना दिए ।

Executive Committee Members of Guthi Australia for the term of 2022-2023.

नेपाली आदिवासी जनजाति मंच अस्ट्रेलियाका अध्यक्ष एवं साधारणसभाका निर्वाचन अधिकृत अरुण तामाङ्ले नव निर्वाचित पदाधिकारीहरुको नाम सार्वजनिक गर्दै नयाँ पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै गुठी अस्ट्रेलियाले नेवार समुदायको कला, संस्कृति र पहिचानका लागि खेलेको योगदानको तामाङले प्रसंसा गरेका थिए ।

संस्थाका बरिष्ठ सल्लाहकार डा नारायण प्रधानले गुठी अस्ट्रेलियाको योगदानले अस्ट्रेलियाको सम्पूर्ण नेपाली समाज लाभान्वित भएको र नेवार संस्कृतिले यहाँ छुट्टै पहिचान दिएको बिचार राखेका थिए ।

अर्का बरिष्ठ सल्लाहकार पदम शाक्य संस्थाले आफ्नो स्थापनाको लक्ष्य अनुसार काम गरिरहेको प्रति आभार ब्यक्त गर्दै पूर्व अध्यक्षहरु, सल्लाहकार र पदाधिकारी सबैलाई ध्यन्यवाद दिएका थिए ।

कार्यक्रममा संथाका पूर्व अध्यक्षहरु सरुण ताम्रकार, महेन्द्र श्रेष्ठ, शिब श्रेष्ठ, दिप्ता श्रेष्ठ अनुप महर्जनलाई सम्मान गरिएको थियो ।

संस्थाले अस्ट्रेलियामा नेपाली संस्कृतिको जगेर्ना गर्दै गुठी अस्ट्रेलियाले प्रत्येक वर्ष ई बेल विवाह, इन्द्र जात्रा, चंगा चेट र म्हःपुजा जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

Nepalese Gurkhas in Australia Commemorated ANZAC Day with Dawn Services and Parade