MENU

नर्दन टेरिटोरीमा तनावमुक्त अभियान; तीन दिने नव-चेतना शिविर शुरु

NT Nepalese Community Yoga photo

डार्विन । गैर आवासीय नेपाली संघ नर्दन टेरिटोरी समन्वयन समितिको आयोजनामा डार्विनमा तीन दिने नव–चेतना शिविर  शुक्रबार २५ सेप्टेम्बर देखि शुरु भएको छ ।

आफ्नो दैनिक काम, कर्तव्य तथा पठनपाठनको भागदौडमा आफु र आफ्नो जीवनलाई आत्म मूल्यांकन गर्दै तनावमुक्त हुनका लागि योग, प्राणायाम र ध्यान सिकाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको सो राज्यका संयोजक हेम पुनले जानकारी दिए ।

शुक्रबारबाट तीन दिन सम्म चल्ने शिविरमा सहभागी हुन कुनै शुल्क नलाग्ने पुनले बताए । सहभागीहरुलाई रमाकान्त खनाल र रामचन्द्र देवकोटाले प्रशिक्षण दिनेछन् ।

कार्यक्रम सनसेट पार्क, नाइटक्लिफ जेटीमा बिहान साढे ६ बजेबाट शुरु हुनेछ भने २७ तारिख बेलुकी पाँचबजे सिद्धिविनायक मन्दिर परिसर, मालाकमा भजन किर्तन हुँदैछ ।

कोभिड १९ का कारण मन्दिर परिसरमा एक पटकमा बढ़ीमा २ सय जना मात्रै जम्मा हुन मिल्ने भएको हुँदा बस्ने ठाँउका लागि बासुदेव दुलाल फोन नं ०४२२ १२२ २३६ र लक्ष्मण अर्यालको मोवाईल नम्वर ०४२५ ०८६ १६१ मा सम्पर्क गर्न आयोजकले सहभागीहरुलाई आग्रह गरेको छ ।

कार्यक्रमा अस्ट्रेलिया भ्रमणमा रहेका अभिभावकहरूले विशेष ग्राह्यता पाउनेछन् ।