MENU

स्तन क्यान्सरको उपचारमा माहुरी ‘कोषहरुलाई ६० मिनेट भित्रै मार्न सक्ने’

एजेन्सी । जटिल खालको स्तन क्यान्सरको उपचारका लागि माहुरीमा गोप्य खालको क्षमता रहेको हुनसक्ने अस्ट्रेलियाको एक युवा वैज्ञानिकको अनुसन्धानले देखाएको छ ।

ह्यारी पर्किङस इन्टीच्युट अफ मेडिकल रिसर्च तथा द युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका   २५ वर्षीय डाक्टर सियारा डफीले पत्ता लगाए अनुसार माहुरीमा भएको विषले क्यान्सरको कोषहरुलाई ६० मिनेट भित्रै मार्न सक्छ ।

डफीले आफ्नो पीएचडी अध्ययनको क्रममा पर्थ र युरोपका ३१२ वटा माहुरी र भमराको विषलाई स्तन क्यान्सरमाथिको प्रभावलाई परिक्षण गरेकी थिइन् । उनले ट्रिपल नेगेटिभ स्तन क्यान्सरमा समेत सो परिक्षण गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय जर्नल नेचर प्रिसिजन अन्कोलोजीमा प्रकाशित सो अध्ययनको नजिताले के देखाएको छ भने माहुरीको विष र मेलिटिनको मिश्रणले ट्रिपल नेगेटिभ स्तन क्यान्सर र एचईआर   स्तन क्यान्सरको कोषहरुलाई तिव्र रुपमा नष्ट गरेको थियो ।

“हामीले माहुरीको विष र मेलिटिन दुबैले उल्लेख्य तथा तिव्र रुपमा दुबै खालको स्तन क्यान्सरको कोषहरुलाई घटाएको फेला पार्यो । माहुरीको विष एकदम शक्तिशाली थियो भने हामीले फेला पार्यौ कि मेलिटिनले क्यान्सको कोषहरुलाई पूर्णरुपमा नष्ट पार्न सक्छ,” डफीले भनिन् ।

ट्रिपल नेगेटिभ स्तन क्यान्सर एक आक्रामक रुप हो जुन पत्ता लागेको समयमै फैलिने सम्भावना प्रवल हुन्छ र अन्य खालको स्तन क्यान्सर भन्दा यसको उपचारपछि फेरी फर्किने सम्भावना बढी हुन्छ ।

माहुरीको विषले क्यान्सरको कोषहरुलाई सतप्रतिशत नष्ट गर्दै सामान्य कोषहरुमाथि न्यून प्रभाव पारेको थियो भने मेलिटिनले २० मिनटेभित्रै क्यान्सरको कोषहरुलाई पर्याप्त मात्रामा कम गर्न सफल भएको थियो ।

वेस्टर्न अस्ट्रेलियाका  प्रमुख वैज्ञानिक प्रोफेसर पिटर क्लिनकेनले डाक्टर डफीको अनुसन्धान उत्साहजनक रहेको प्रतिक्रिया दिए ।