MENU

आप्रवासीहरू अस्ट्रेलिया छाड्दै ; जनसंख्या वृद्धिदर १५ वर्षयताकै कम

न्यु साउथ वेल्सबाट २ हजार ९ सय ९९ जना  अन्य देश गएका छन् भने १ हजार ८ सय ५२ नागरिक गुमाएको भिक्टोरिया, आप्रवासनले सबैभन्दा बढी प्रभावित बनेको तथ्याङ्कले देखाएको छ । केवल साउथ अस्ट्रेलिया र एसिटीमा कुल आप्रवासनमा वृद्धि भएको छ । त्यसै गरी, भिक्टोरियाको कुल ३ हजार ४२ जना बासिन्दा देशको अन्य क्षेत्रमा सरे जुन सन् २००८ पछि पहिलो पटक भएको हो जब भिक्टोरियामा लकडाउन लगाइएको थियो ।
Sydney Opera House Photo by Jeremy Bishop on Unsplash
Sydney Opera House Photo by Jeremy Bishop on Unsplash

सिड्नी । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुनुका साथै मानिसहरूले देश छाड्ने क्रम बढेपछि अस्ट्रेलियाको जनसङ्ख्या वृद्धिदर करिब १५ वर्ष यताकै न्यून रहेको छ ।

अस्ट्रेलियाको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशको अर्थतन्त्रलाई मुख्य आकार दिने भिक्टोरिया ६ वर्षमा पहिलो पटक देशकै सबैभन्दा बढी जनसङ्ख्या वृद्धि हुने राज्य अथवा क्षेत्रमा नपरेको देखाएको छ ।

जुनको त्रैमासमा राष्ट्रिय जनसङ्ख्यामा २९ हजार ३ सयले वृद्धि हुँदै २ करोड ५६ लाख ८७ हजार ४१ पुगेको थियो । जुन सन् १९९३ को जुन महिनामा भएको वृद्धि झैँ सामान्य थियो किनभने त्यतिखेर अस्ट्रेलिया सन् १९९०-९१ को आर्थिक मन्दीबाट माथि उठ्दै थियो ।

विगत १२ महिनामा ३ लाख २१ हजार ३ सय जनसङ्ख्या वृद्धि भए पनि त्यसको दुई तिहाइ भने मार्च र सेप्टेम्बर त्रैमासहरूमा भएको थियो जुन कोरोना भाइरसले गर्दा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमानाका बन्द हुनु अघि कै थियो । वार्षिक वृद्धिदर १.३ प्रतिशतमा झरेको छ जुन यस अघि सन् २००५ को डिसेम्बर त्रैमासमा रहेको थियो ।

न्यु साउथ वेल्सबाट २ हजार ९ सय ९९ जना  अन्य देश गएका छन् भने १ हजार ८ सय ५२ नागरिक गुमाएको भिक्टोरिया,आप्रवासनले सबैभन्दा बढी प्रभावित बनेको तथ्याङ्कले देखाएको छ । केवल साउथ अस्ट्रेलिया र एसिटीमा कुल आप्रवासनमा वृद्धि भएको छ ।

त्यसै गरी, भिक्टोरियाको कुल ३ हजार ४२ जना बासिन्दा देशको अन्य क्षेत्रमा सरे जुन सन् २००८ पछि पहिलो पटक भएको हो जब भिक्टोरियामा लकडाउन लगाइएको थियो ।

सन् २०१४ देखि भिक्टोरिया जनसङ्ख्या वृद्धिमा सबै राज्य अथवा क्षेत्रभन्दा अगाडी थियो तर अहिले क्वीन्सल्याण्ड अघि बढेको छ जहाँ सो त्रैमासमा १३ हजार २८ जना  थपिएका छन् ।

८.२ मिलियन जनसङ्ख्या सहित देशकै सर्वाधिक जनसङ्ख्या भएको न्यु साउथ वेल्सका जनसंख्या वृद्धि ०.९ प्रतिशतमा झरेको छ । भिक्टोरियामा ६.७ मिलियन मानिस रहेका छन् भने सबैभन्दा कम जनसंख्या नदर्न टेरिटरीमा रहेको छ जहाँ २ लाख ४६ हजार मानिस बसोबास गर्छन् ।

परम्परागत रूपमा आप्रवासीले अस्ट्रेलियाको जनसंख्या वृद्धिमा असर गर्नुका साथै प्राकृतिक वृद्धिमा पनि कमी आएको छ । विगत एक वर्षमा ३० लाख ४१ हजार जन्म तथा १ लाख ६७ हजार मृत्यु भएको थियो । प्राकृतिक वृद्धि १ लाख ३७ हजार १ सय थियो जुन १२ महिनामा ३.२ प्रतिशतले कम हो । अस्ट्रेलिया जनसंख्या वृद्धिमा  करिब ६० प्रतिशत आप्रवासीको योगदान रहेको हुन्छ ।